इटालियन क्लब युभेन्ट्स युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ। युभेन्ट्सलाई पोर्चुगिज क्लब एफसी पोर्टोले अवे गोलमा पछि पारेर क्वार्टरफाइनलको यात्रा तय गर्यो।
पहिलो लेग पोर्टोले २-१ गोलले जितेको थियो। मंगलबार राति युभेन्ट्सको मैदानमा भएको दोस्रो लेगको खेलमा घरेलु टिम युभेन्ट्सले ३-२ को जित निकल्यो। समग्रमा खेल ४-४ को गोलमा बराबरीमा सकिए पनि पोर्टो अवे गोलमा अघि रह्यो।
युभेन्ट्सले १ अवे गोल गर्दा पोर्टोले २ अवे गोल गरेकाले अन्तिम ८ मा स्थान पक्का गरेको हो।
मंगलबार खेलको १९ मिनेटमा पोर्टोले अग्रता लिएको थियो। ओलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाए।
दोस्रो हाफमा युभेन्ट्स खेलमा फर्कियो। उसका लागि चिएसाले दुई गोल गरे। उनले खेलको ४९ र ६३ मिनेटमा गरी दुई गोल गरे।
त्यसपछि निर्धारित समयमा गोल हुन सकेन।
११५ मिनेटमा पोर्टोका ओलिभएराले गोल गर्दा खेल २-२ को बराबरी आएको थियो।
११७ मिनेटमा रबिओटले युभेन्ट्सका लागि गोल गरेर अग्रता दिलाए र खेललाई समग्रमा ४-४ गोलको पनि युभेन्ट्स अवे गोलमा पछि परेको स्थिति थियो।