शिक्षक सेवा आयोगको विज्ञापन वैशाख अन्तिममा खुलाउने तयारी


  • २८ फाल्गुन २०७७, शुक्रबार २१:१४ प्रकाशित
  • ५०९६ पटक पढिएको

  • शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्ति प्रति ‘अर्घेल्याईं’ गर्दै आएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको शैली माथि कडा प्रतिकृया दिदैं लोक सेवा आयोगले यस अघिको सिफारिसको निर्णय फेरबदल नहुने जवाफ दिएको छ । गत फागुन ४ गतेको मन्त्री स्तरीय निर्णयको हवाला दिदैं सिफारिस भएका नामहरुमा पुर्नविचार गर्न मन्त्री श्रेष्ठले गत शुक्रबार आयोगमा पत्र पठाएका थिए । 

    मन्त्रीको उक्त शैलीलाई ‘मन्त्रीको दुस्साहस’ का रुपमा व्याख्या गर्दै आयोगले अदालतको आदेश बाहेक निर्णय फेरबदल हुन नसक्ने चुनौती सहित मन्त्रीलाई जवाफ दिएको छ । पत्र पाएको आधा घण्टामै आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली आफैंले प्रतिउत्तर लेखेका आयोग श्रोतले बतायो । मन्त्रीको उक्त कदमले शिक्षक सेवा आयोगले माग भई आएका १५ हजार शिक्षकको बिज्ञापन गर्न सकेको छै। चैत्र भरिमा  शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्ति गरि आगामी बैशाख मसान्त सम्ममा शिक्षकको बिज्ञापन गर्ने आयोग श्रोतले बताएको छ। 

    शिक्षक सेवा आयोगमा यसरी गर्ने सफलता, कसरी गर्ने तयारी ?
     
    परीक्षालाई मूल्यांकनको विश्वसनिय , भरपर्दो, प्रचलित र उपयुक्त माध्याम वा तरीका मानिन्छ । विद्यालय तह देखि विश्व विद्यालय सम्मको शैक्षिक उपाधी प्रदान गर्न परीक्षालाई नै मुख्य साधन मानिएको छ । त्यस्तै विभिन्न सेवा आयोगहरु जस्तै लोक सेवा आयोग, शिक्षक सेवा आयोग आदिले देशको विभिन्न क्षेत्रमा काम गर्न आवश्यक पर्ने दक्ष जनशक्तिको छनौट गर्न मुख्य आधार र तरिका परीक्षालाई नै बनाएका छन् । शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीका लागी शिक्षकहरुको छनौट गरी नेपाल सरकारलाई सिफारिस गर्ने काम गर्दछ । यो बर्ष पनि आन्तरिक र खुला दुबै किसिमको विज्ञापन प्रकाशित गरेको छ भने बढुवाको लागी पनि विज्ञापन प्रकाशित गरेको छ । विज्ञापन प्रकाशित भए पछि शिक्षाशास्त्र संकायको अध्ययन गरेर र अन्य संकाय अध्ययन गरेर तालीम पुरा गरेर अध्यापन अनुमति पत्र प्राप्त गरेका लाखौ साथीहरु कसरी शिक्षक सेवामा सफलता प्राप्त गर्न सकिन्छ ? कहाँ गएर तयारी गर्ने ? कस्ता सामाग्रीहरु अध्ययन गर्ने ? परीक्षामा कसरी लेख्ने आदि कुरामा गम्भिर रुपमा सोच्ने , साथीहरुसँग छलफल गर्ने गरि रहनु भएको होला ? भने विभिन्न संस्थाहरुले शिक्षक सेवा आयोगको तयारी कक्षा पनि सन्चालन गरिरहेका छन् । यो आलेखमा कसरी तयारी गर्ने, कहाँ बसेर तयारी गने, के कस्ता सामाग्रीहरु अध्ययन गर्ने, अध्ययन गरेको कुरा परीक्षामा कसरी लेख्ने आदि बिषयबस्तुमा केन्द्रित रहेर आफ्नो अनुभव तथा बिचार तिलकबहादुर खत्रीले प्रस्तुत गरेका छन्  ।

    १) अध्ययन सामाग्री छनौट, संकलन र ब्यबस्थापन

    अध्ययनलाई स्तरिय, राम्रो र ब्यबस्थीत गर्न आधिकारीक र स्तरिय सामाग्रीको छनौट गर्नु पर्दछ । बजारमा विभिन्न किसिमका सामाग्रीहरु सजिलै पाइन्छन् । यस्ता सामाग्रीहरुबाट आफुलाई आबश्यक पर्ने आधिकारीक सामाग्री छनौट गर्दा निम्ना कुरामा ध्यान दिनु पर्दछ:
    – शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम लिने
    – सम्बन्धित तहको विद्यालय तहको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका लिने
    – शिक्षा ऐन, नियामवली, नेपालको संविधान लिने
    – विभिन्न शिक्षा आयोगका प्रतिवेदन र विभिन्न शिक्षा सम्वन्धिी कार्यक्रमहरु तथा तिनको प्रतिवेदनहरु www.moe.gov.npwww.moecdc.govwww.nced.gov.np आदिबाट डाउनलोड गर्न पनि सकिन्छ ।
    – शिक्षक सेवा आयोगका लागी तयार पारिएका गाइडहरु कम्तिमा दुई ओटा सम्म , शैक्षिक इतिहास र शैक्षिक सामान्य ज्ञान लिने

    २) अध्ययन समय तालीका निर्माण गर्ने

    अध्ययनलाई ब्यबस्थित बनाउन दैनिक समय तालीका निर्माण गर्नु पर्दछ । जसले संकलित शैक्षिक सामाग्रीहरु सबैलाई समयमै अध्ययन गर्न सहयोग गर्दछ । समय तालीकामा कुन समयमा कुन सामाग्री अध्ययन गर्ने भन्ने कुरा निर्धारण गर्नु पर्दछ ।

    ३) अध्ययनलाई सतहि देखि गहिराइमा लिने

    सबै भन्दा महत्वपूर्ण कुरा अध्ययन हो । राम्रो समय तालीका बनाउने र आधिकारीक शैक्षिक सामाग्री हँुदैमा मात्र हुदैन । त्यसको लागी अध्ययनलाई निरन्तरता दिने , कडा मेहनत गर्ने र पढेको कुरालाई स्मरण गर्ने गर्नु पर्दछ । अध्ययन गर्ने तरिका ब्यत्तिपिच्छे फरक फरक हुन्छन् । यहाँ मैले सतहि देखि गहिराइ तिरको अध्ययन तरिकाको बारेमा चर्चा गर्ने प्रयास गरेको छु । सबै भन्दा पहिले आफुले प्रतिस्पर्धा गर्ने तहको शिक्षक सेवा आयोगले निर्धाण गरेको पाठ्यक्रम लिने र जसको चरणबद्ध रुपमा अध्ययन गर्नु पर्दछ ।

    चरण १ मा पहिले मुख्य रुपमा कति ओटा एकाईहरु छन ति सबै एकाइको क्रमबद्ध नाम याद गर्ने, चरण २ मा प्रत्येक एकाइका उप एकाइ याद गर्ने र चरण ३ मा पुरा पाठ्यक्रम याद गर्ने । किनकी पाठ्यक्रम आधिकारिक तथा मुख्य सामाग्री हो । पाठ्यक्रमको पुरा जानकारी पछि मात्र अन्य सामाग्री को छनौट तथा अध्ययन गर्ने कुराको निर्धारण गरिन्छ ।

    प्रश्नहरु बस्तुगत र बिषयगत गरि दुई प्रकारका सोध्ने ब्यबस्था पाठ्यक्रममा रहेको छ ।
    बस्तुगत प्रश्नको तयारि गर्ने तरिका
    – माथी १ नम्बर अनुसार छनौट गरिएका सामाग्रीहरु मध्ये पाठ्यक्रममा बस्तुगत खण्डको लागी आबश्यक पर्ने सामाग्री मात्रै पढ्ने
    – आधिकारीक सामाग्रीहरुमा मुख्य मुख्य बुद्धाहरु नोट गर्ने
    – पाठ्यबस्तुको गहण अध्ययन गरिसके पछि मात्र नमुना प्रश्नमा अभ्यास गर्ने । कतिपय साथीहरुले नमुना वस्तुगत प्रश्नहरु कण्ठ गर्ने गरेको पाइन्छ । यस्तो गर्दा नमुना प्रश्न मात्र याद हुन्छ तर बिषयबस्तुको ज्ञान हुदैन । त्यसैले पाठ पढ्नु पर्दछ नकि प्रश्न । किनकी एउटा बुद्धाबाट विभिन्न प्रश्न बनाउन सकिन्छ ।
    – गहण अध्ययन पछि पुस्तकमा भएका र पुराना बस्तुगत प्रश्नहरु अभ्यास गर्ने
    – साथीहरुसँग छलफल गर्ने र स्पष्ट नभएका कुरा खोज्ने तथा जान्ने ब्यक्तिहरुसँग सोधेर स्पष्ट हुने ।
    बिषयगत प्रश्नको तयारी गर्दा निम्नानुसार गर्ने
    – पाठ्यक्रमलाई पुनःस्मरण गर्ने र कुन एकाइबाट कति ओटा प्रश्न सोध्ने हो , सो बारेमा स्पष्ट हुने ।
    – क्रमबद्ध रुपमा पहिलो एकाइलाई विभिन्न चरणमा बाँडेर अध्ययन गर्ने । चरण १ मा मुख्य रुपमा पहिलो एकाइका मुख्य शिर्षकहरु सबैको क्रमबद्ध याद गर्ने , चरण २ मा प्रत्येक शिर्षकका उप शिर्षकहरु याद गर्ने र चरण ३ मा उपशिर्षकमा भएका कुराहरु अध्ययन गर्ने र नोट तयार गर्ने
    – क्रमबद्ध रुपमा दोस्रो, तेस्रो हुदै सबै एकाइलाई विभिन्न चरणमा बाँडेर अध्ययन गर्ने । चरण १ मा मुख्य रुपमा पहिलो एकाइका मुख्य शिर्षकहरु सबैको क्रमबद्ध याद गर्ने, चरण २ मा प्रत्येक शिर्षकका उप शिर्षकहरु याद गर्ने र चरण ३ मा उपशिर्षकमा भएका कुराहरु अध्ययन गर्ने र नोट तयार गर्ने ।
    – नोट तयार गर्दा संकलित सबै सामाग्रीको अध्ययन गरेर बिश्लेषण गरि सश्लेषण गरेर तयार गर्ने
    – यसरी तयार पारिएको नोट निरन्तर अध्ययन गर्ने ।
    नोटको तयारी र अध्ययन पछि नमुना प्रश्न तथा पुराना प्रश्नहरुको उत्तर लेख्ने र सो उत्तर साथीहरु तथा अग्रजहरुलाई मूल्यांकन गर्न लगाएर प्राप्त पृष्ठपोषको कार्यान्वयन गर्ने । आफैले मुल्यांकन गर्ने नम्बर दिने । पुणः लेख्ने मूल्यांकन गर्ने गर्नु पर्दछ जसले लेखन सिपमा निखारता ल्याउँदछ र अध्ययनमा बोधगम्यता र निखार्ता ल्याउँदछ ।

    ४) निष्कर्ष
    अन्तमा अध्ययनलाई निरन्तरता दिदै मानसिक तनाबको ब्यबस्थापन गर्ने, अनिदो नबस्ने, खानपिनलाई सन्तुलित बनाउने , परीक्षाहलमा कसरी लेख्ने भनेर पुर्व योजना बनाउने जसले गर्दा सबै प्रश्नको हल गर्न सकियोस । सबै प्रश्नको राम्रो उत्तर लेख्दा लेख्दै कुनै एउटा प्रश्न लेख्न समय नपुगेर छुटेमा प्रतिशपर्धामा पछि परिन्छ । अतः सामाग्री संकलन, समय तालीका निमार्ण र प्रयोग , गहण अध्ययन र लेखन सिपको निखार्ताले सफलता मिल्नेछ । सबै प्रतियोगी साथीहरुलाई अग्रिम सफलताको शुभकामना ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९४%३२%२%१२%२%६%

    प्रतिक्रिया लेख्नुहोस