पाँचौ खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै भारतले जित्यो टि-२० सिरिज


  • ८ चैत्र २०७७, आईतवार ०७:३१ प्रकाशित
  • ८७ पटक पढिएको

  • निर्णायक खेलमा भ्रमण टोलि इंग्ल्यान्डलाई ३६ रनले पराजित गर्दै भारतले पाँचवटा टि-२० अन्तर्राष्ट्रियको सिरिज ३-२ ले अफ्नो पक्षमा पारेको छ। सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो। दोश्रो खेलमा भारत ७ विकेटले, तेश्रो खेलमा इंग्ल्यान्ड ८ विकेटले तथा चौथो खेलमा भारत ८ रनले विजयी भएको थियो।

    नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सम्पन्न खेलमा भारतले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो।

    लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ओपनर जेसन रोय इनिंग्सको दोश्रो बलमा भुवनेश्वर कुमारबाट खाता नखोली बोल्ड भए। दोश्रो विकेटको लागि अर्का ओपनर जोस बटलरले डेविड मलानसंग १३० रनको साझेदारी गरे। १३ औं ओभरमा बटलरलाई भुवनेश्वरले क्याच आउट गराए जस अघि उनले ३४ बलमा २ चौका र ४ छक्का मद्दतले ५२ रन बनाए।

    बटलरको विकेटपछि १५ औं ओभरमा ७ रन बनाएका जोनी बेयरस्टो र ६८ रन बनाएका डेविड मलानलाई शार्दुल ठाकुरले पेभेलियन फर्काउदै भारतलाई खेलमा हावी गराए। मलानले ४६ बलमा ९ चौका र २ छक्का प्रहार गरे। १६ औं ओभरमा १ रन मात्र बनाएर कप्तान ओएन मोर्गन हार्दिक पान्ड्याबाट आउट भए। १४ रन बनाएर बेन स्टोक्स १९ औं ओभरमा टि नटराजनबाट क्याच आउट भए जसपछि इंग्ल्यान्ड खेलमा फर्कन सकेन।
    भारतको बलिंगमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ४५ रन खर्चिए। भुवनेश्वर कुमारले २ विकेट ( ४-०-१५-२ ) तथा टि नटराजन र हार्दिक पान्ड्याले समान १ विकेट लिए।
    यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२४ रन बनाएको थियो।
    भारतको लागि ओपनिंग ब्याटिंग गर्न आएका कप्तान बिराट कोहलीले रोहित शर्मासंग ९४ रनको ओपनिंग साझेदारी गरे। नवौं ओभरको अन्तिम बलमा रोहितलाई बेन स्टोक्सले बोल्ड गरे जसअघि उनले ३४ बलमा ४ चौका र ५ छक्का मद्दतले ६४ रन बनाए।
    कोहलीले दोश्रो विकेटको लागि सूर्यकुमार यादवसंग ४९ रन जोडे। १४ औं ओभरमा यादवलाई आदील रशिदले क्याच आउट गराए। यादवले १७ बलमा ३ चौका र २ छक्का मद्दतले ३२ रन बनाए।
    कोहलीले अन्तिमसम्म ब्याटिंग गर्ने क्रममा हार्दिक पान्ड्यासंग तेश्रो विकेटको लागि अविजित ८१ रनको साझेदारी गरे।

    सिरिजमा तेश्रो अर्धशतक बनाउने क्रममा कोहलीले ५२ बलमा ७ चौका र २ छक्का मद्दतले ८० रन बनाएर अविजित रहे। पान्ड्याले १७ बलमा ४ चौका र २ छक्का मद्दतले ३९ रन बनाए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस