एमालेलाई फुटबाट बचाउन सब मिलौ; योगेश भट्टराई


  • १३ चैत्र २०७७, शुक्रबार ०८:२९ प्रकाशित
  • १५३ पटक पढिएको

  • काठमाडौँ : नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत थोरै लचकताबाट पनि यो सम्भव रहेको उनको तर्क रहेको छ ।

    पार्टी विभाजन हुनबाट बचाउन सबैले सक्दो प्रयास गर्नुपर्ने उनको भनाई रहेको छ । ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ’, उनले भनेका छन्, ‘बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’

    नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलापछि एमालेभित्र पनि विभाजनको रेखा कोरिन थालेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस