सुनको मूल्य ६ सयले घट्यो


  • १३ चैत्र २०७७, शुक्रबार ११:५२ प्रकाशित
  • ११३ पटक पढिएको

  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । साताको अन्तिम दिन ६ सयले ओरालो लागेको हो ।

    बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो ।

    आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन आज प्रतितोला ८५ हजार ८५० रुपैयाँमा खरिद बिक्रि भएको छ ।

    नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस