होलीको रमाइलो


  • १५ चैत्र २०७७, आईतवार १२:३७ प्रकाशित
  • १०८ पटक पढिएको

  • होलीको रमाइलो (बालकविता)
    – शान्ता बास्तोला

    रङै रङ भरिएको आयो फेरि होली
    पिच्किरीले धारा कुवा रङ्गीन भाछ खोली
    दिनु दाज्यै एउटा बेलुन पानी भर्न पर्यो
    अशोक भाइले रङ्ग छ्यापी गर्न सम्म गर्यो

    पल्लो गाउँमा खेल्दै गा’को गोबर हान्या देखेँ
    प्याकुलीलाई रङ दल्नलाई यतै तान्या देखेँ
    कसैले त बोक्दा रैछन कुखुराको फुल
    रङ मात्रै बोक्ने म त परेँ रनभुल

    रमाइलो चाड हो होली मनाउनुपर्छ
    तर पनि सुहाउने बनाउनु पर्छ
    गोबर अन्डा केही होइन खेलौँ रङले मात्रै
    होली होली भन्दै कोहीले नगरौँ है जात्रै ।

    – दमौली, तनहुँ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस