थ्री नेसन्स कपको उपाधी नेपाललाई


  • १६ चैत्र २०७७, सोमबार १९:४५ प्रकाशित
  • १५९ पटक पढिएको

  • काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। बंगलादेशविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा २-१ गोल अन्तरले नेपालले उपाधि जितेको हो। खेलमा नेपालका लागि सन्जोग राई र विशाल राईले एक/एक गोल गरेका हुन्।

    सन्जोगले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन्। सुनिल बलको कर्नरमा सन्जोगले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

    विशालले खेलको ४२ औं मिनेटमा अर्को गोल गरे। रन्जित धिमालको पासमा सन्जोग राईले छोएको बललाई विशाल राईले गोल गर्न सफल भए।
    खेलको दोस्रो हाफमा बंगलादेशले पनि एक गोल गरेको छ।

    किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको थियो।

    नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो। विजेता टोलीले पाँच हजार र उपविजेताले तीन हजार डलर पुरस्कार प्राप्त गर्नेछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया लेख्नुहोस