गालाको कोठी (बालकविता)- रमेश्चन्द्र घिमिरे


  • १७ चैत्र २०७७, मंगलवार २२:३२ प्रकाशित
  • ९८ पटक पढिएको

  • आँसु चुहाई दिनदिनै रुँदा-रुँदा गएन,
    साबुन र पानीले मुख धुँदा गएन।

    दलूँ कि त ओखती फुटालेर फालूँ कि!
    कि त जे जे भै जाओस् सधैँभरि पालूँ ‍कि!
    दबाई अनि बुटीले केहीले छुँदा गएन।
    जान्छ होला भनेको मुख धुँदा गएन।

    भन्नुभयो आमाले केको पिर-सुर्ता हो?
    तिमी राम्री भएकी यै कोठीले गर्दा हो,
    कुरा त्यस्तो रैछ र पो यस्तो हुँदा गएन।
    कोट्याउँदा गएन मुख धुँदा गएन।

    – रमेशचन्द्र घिमिरे (भोर्लेटार, लमजुङ)।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस