वागमती प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता


  • १८ चैत्र २०७७, बुधबार ११:४८ प्रकाशित
  • १२१ पटक पढिएको

  • काठामडौं, १८ चैत्र । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।

    अविश्वास प्रस्तावका प्रस्तावक अरुण नेपालले पछिल्लो विकसित परिस्थितिका कारण एमाले एउटै भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध गत पुष १० गते अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । र, उक्त प्रस्तावमा मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस