ओली सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले अझै केहि दिन फिर्ता नलिने


  • १९ चैत्र २०७७, बिहीबार १२:१५ प्रकाशित
  • १४१ पटक पढिएको

  • काठमाडौं, १९ चैत्र । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता तत्काल नलिने भएको छ । आज बसेको पार्टीको स्थायी कमिटीले अझै एक/दुई दिन समय लिएर आधिकारिक निर्णय लिईने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको जिकिर गरे । त्यस्तै, नेता श्रेष्ठले ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरे ।

    उनले आफ्नो पार्टीको समर्थन छैन भनेर लेखेर दिन मात्रै बाँकी रहेको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टीको लाईन प्रष्ट रहेको भन्दै ओली सरकारलाई विस्थापित गर्न चाहेको जनाए । आजको बैठकमा पार्टीको सांगठानिक संरचना कसरी बलियो बनाउने भन्नेबारे छलफल भएको पनि उनले जनाए । र, अब बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने पनि उनले जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस