आदर्श विद्यालय बन्दै निष्पक्ष मावि


  • २१ चैत्र २०७७, शनिबार १३:४६ प्रकाशित
  • ७४२ पटक पढिएको

  • कास्की : जिल्लाको माछापुुुछ्ररे  गाँउपालिका वडा नं. ५ मा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयले समयसापेक्ष आफुलाई आधुनिक र विद्यार्थीमैत्री बनाँउदै लगेको छ ।

    समयको माग र निजिविद्यालयसँग प्रतिस्पर्धा गर्नु पर्ने भए पछि विद्यालयले सहज वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजाना बनाई कार्यान्वयन गर्न लागेको हो । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न र आदर्श विद्यालयकोरुपमा स्थापित गर्न वि.सं. २०७५ सालबाट विद्यालयका भौतिक संचना देखी सम्पूर्ण व्यवस्थापकीय कुरामा समय अनुसार परिवर्तन गर्न लागिएको कुरा विद्यालयका प्रधानाध्पक दुर्गाबहादुर रावतले बताउनु भयो ।

    २५० जना विद्यार्थी रहेको यस विद्यालयमा जन्मा २० जना शिक्षक शिक्षिका कार्यरत छन भने मावि स्तरको दरबन्दि एउटा मात्र छ । निमाबिमा ३ राहत दरबन्दी छन, प्राविमा ७ दरबन्दी छन् भने वालविकासमा २ दरबन्दी छन् र कार्यालय सहयोगीको दरबन्दी एउटा छ । बाँकी जनशक्ति स्थानीय श्रोतबाट धानिएको छ । भने विद्यालयको अवधाराण र आदर्श विद्यालयको रुपमा गाँउपालिकाले बजेट विनियोजन गरेर कार्यक्रम निरन्तर गरिरहेको छ ।

    २०७५ साल यता विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव तथा बाल शिक्षणको लागि कार्पेट बिछ्याउने काम भएको छ । यसले शिक्षणमा अझ सहज, सरल र प्रभावकारी भएको छ । विद्यालयका प्रारम्भिक कक्षाका शिक्षण मन्टेश्वरी अनुसार गरिन्छ साथै विद्यालयमा बालमैत्री वातावरणमा पठनपाठन हन्छ ।

    सिमित श्रोत साधनको वाजुत पनि विद्यालयको टिम मिलेको र स्थानीय तथा अभिभावकको सहयोग भएकोले विद्यालयमा क्रमिक सुधार भएको कुरा पनि प्र.अ. रावतले बताउनु भयो ।

    थप तस्वीर

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%२१%६%

    प्रतिक्रिया लेख्नुहोस