ओलीको राजिनामा माग्ने काङ्ग्रेसको निर्णय, अर्को बैठक चैत २७ मा


  • २१ चैत्र २०७७, शनिबार १७:०८ प्रकाशित
  • १५३ पटक पढिएको

  • काठमाडौं : नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय समितिको बैठक शनिवार बिपि स्मृति भवन सानेपामा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्ने र राजिनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय काङ्ग्रेस केन्द्रीय समितिले गरेको हो । बैठकमा अधिकांश सदस्यहरुले आफैले विघटन गरेको संसद अदालतले पुनः स्थापना गरि दिए पछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्नु पर्ने कुरा राखेका छन ।    प्रधानमन्त्री ओलीको राजिनामा माग गर्न लगायतका आधा दर्जन जति निर्णय गर्दै शनिबारको काङ्ग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ भने आगामी बैठक यहि चैत २७ गते बस्ने छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस