आजबाट पुर्ववतरुपमा पठपाठन सन्चालन हुने


  • २२ चैत्र २०७७, आईतवार ०७:०६ प्रकाशित
  • १०५ पटक पढिएको

  • काठमाडौं /२२ चैत – देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रुपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एंव सहसचिव दीपक शर्माले प्रदुषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताउनु भयो । उहाँले बिहिवारदेखि शनिबारसम्म प्रदुषण घट्दो क्रममा रहेको हुनाले अब सबै शैक्षिक संस्था निर्वाध रुपमा सञ्चालन हुने जानकारी दिनुभयो ।

    यस अघि सरकारले वायु प्रदुषण बढेको र यसले सबैभन्दा असर विद्यार्थीलाई पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए ।

    सरकारको निर्णयपछि विश्वविद्यालयहरुले पनि आफ्नो परीक्षावाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए । चार दिन पठापाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा नियमित रुपमा सञ्चालन गरिएको थियो । मङ्गलबारदेखि प्रदुषण विस्तारै कमहुनुका साथै बुधबार देशभर हल्का पानीसमेत परेको थियो । त्यसपछि मौसममा सुधार आएको जनाइएको छ । यसका साथै डडेलो पनि कम हुदै आएको जनाइएको छ । गोरखापत्रबाट ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस