सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा


  • २३ चैत्र २०७७, सोमबार ०७:२० प्रकाशित
  • ११३ पटक पढिएको

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि बिदा दिइएको हो।

    सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

    कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस