घाेषणापत्रमा केही
अलाैकिक वुँदाहरु थपिने छन्
अघिल्लाे चुनावकाे खत बाेकेर
कतारमा छिरेकाे युवाले
निधार खम्च्याउनु बाहेक
कुनै प्रतिक्रिया दिने छैन
पुराना अनुहारकाे वैधानिक
पुनरावृत्ती
साेच,संकल्प र कार्यदिशाकाे
नवीकरण नहुने
निस्सहाय यात्राका लागि
मुलुकले अधिक खर्च गरेर
किन चाहियाे चुनाव ?
बिरक्तियर काेहि भन्ने छन
तिमीलाई दिने भाेटमा
सन्तुष्टि नमिले पछी
निष्ठा मरेकाे साँझ
गिलास सँग सन्तुष्टि खाेजेकै हाे
तिमी अचेल भाेट माग्दैनाै
तिम्राे याे अवैध लगानी क्षेत्र हाे
मुनाफाकाे लक्ष्यमाथी
घाेषणापत्रकाे लेप लगाउँछाै
र त जनता भन्दैछन
किन चाहियाे अहिले चुनाव ?
केही अनुत्तरित प्रश्न छन्
अन्तरमनमा
रुग्ण मुलुकका राजनीतिज्ञ
तिम्रा सम्पत्तिका
फर्जी श्राेतहरु बढाउन
किन चाहियाे मध्यावधि ?
कि कुनै अमुक अनुहारले
बागडोर सम्हाल्ने छ र ?
हैन भने
दाेश्राे,तेश्राे,चाैथाे वा पाँचौं पटक
तिमीलाई सिंहदरवार पठाउन
मुलुकलाइ हठात्
किन चाहियाे चुनाव ?
राजन के.सी.
२०७७/१२/२२