काठमाडौं, चैत २३ गते । काठमाडौंमा भूकम्पको धक्का अनुभव गरिएको छ । सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो।
सुनसरी, मोरङ, भोजपुर, खोटाङ सङ्खुवासभासहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्किमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.८ रेक्टर स्केल रहेको जनाइएको छ।
केन्द्रका महानिर्देशक लोक विजय अधिकारीले पूर्व नेपालमा भूकम्पको धक्का ठुलो महसुस भएको जानकारी गराएका छन् ।