माओवादी केन्द्रले गर्यो चार सांसदलाई कारबाही


  • २४ चैत्र २०७७, मंगलवार १८:५९ प्रकाशित
  • १०० पटक पढिएको

  • काठमाडौं, चैत्र २४ गते । नेकपा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका आफ्ना चार जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    अध्यक्ष दाहालले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिनुभएको छ ।
    प्रतिनिधि सभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधि सभामा पेश गर्ने निर्णय भएको विज्ञप्तिमा लेखिएको छ ।
    ०७४ सालमा सम्मन्न निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधि सभाको सदस्यमा पदमा उहाँहरु निर्वाचित हुनुभएको थियो ।
    पार्टीले कारबाही गरेसँगै उहाँहरु सांसद रहने छैनन् । माओवादी केन्द्रले उहाँहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निष्कासन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस