गजल (रमेशचन्द्र घिमिरे)


  • २५ चैत्र २०७७, बुधबार ०८:१७ प्रकाशित
  • १७८ पटक पढिएको

  • तिमीसँग भेट्नै पर्ने सानोतिनो काम थियो
    भेटेपछि फर्किहाल्न थोरै-थोरै दाम थियो

    भन्नासाथै भेट नहुने बाध्यता’थ्यो हामी दुईको
    तिम्रो बस्ती सहर अनि मेरोचाहिँ गाम थियो

    आजै गई भरेसम्म आउनै पर्ने हुन्थ्यो घरमा
    यति छिटो हिँडियो कि उदाउँदैको घाम थियो

    जताबाट बस चल्थ्यो जीप, ट्याक्सी, कार चल्थे
    त्यतैसम्म परैबाट बस-मोटरको लाम थियो

    यसपालि’नि माया साट्ने, भेट्ने मौका गुम्यो त्यसै
    हाम्रो भेटमा भाँजो हाल्ने उही चक्काजाम थियो ।
    – लमजुङ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया लेख्नुहोस