समाजसेवी तथा यूवानेता के. सी.द्धारा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना


  • २५ चैत्र २०७७, बुधबार ०९:१५ प्रकाशित
  • १५२ पटक पढिएको

  • दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. ५ निवासी समाजसेवी तथा राजनितिज्ञ भूवन के सीले दोलखा जिल्ला तामाकोशी गाउँपालीका स्थित श्री जनजागृति माध्यामिक बिधालयमा आफ्ना स्वर्गीय हजूरबुबा प्रेम बहादुर खत्रीको सम्झनामा रु. ५० हजारको अक्षय कोषको स्थापना गरेका छन्।

    नेपाली काङ्ग्रेस दोलखाका प्रभावशाली यूवानेता एवम् निर्माण ब्यवसायी केसिले आफ्नो जन्मदिनको खर्च कटाएर सो विद्यालयमा अक्षय कोषको स्थापना गरेको बताए।आगामी दिनहरुमा पनि आफ्नो परिवारको जन्मदिन वा विशेष दिन पारेर कोषको रकममा वृद्धि गर्दै लैजाने योजना रहेको उनले बताए।

    केसिले मङ्गलबार विद्यालय पुगेर ५० हजारको चेक विद्यालयका प्रधानध्यापक नवल किशोर झालाइ हस्तान्तरण गरेका थिए।कोषबाट आएको रकम दलित, गरिब, जेहेन्दार विद्यार्थीलाई खर्च गरिने केसिले बताए।

    सामुदायिक विद्यालयमा पढ्ने कुनै पनि बालबालिकाहरुले गरिब वा पैसा नभएकै कारण गुणस्तरीय शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने हेतुले आफुले अक्षय कोष खडा गरेको के सीले बताए।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया लेख्नुहोस