आइपिएल: ब्यङ्लोरले हैदरावादलाइ ६ रनले हरायो


  • २ बैशाख २०७८, बिहीबार ०६:५३ प्रकाशित
  • ९२ पटक पढिएको

  • काठमाण्डाै :  इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गएराति भएकाे खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर विजयी भएको छ  । 

    चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लाेरले लगातार दोस्रो जित निकालेको हो ।

    बेङ्ग्लाेरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

    जितसँगै बेङ्ग्लाेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लाेरले २ खेलमा ४ अङ्क जोडेको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस