शिक्षक सेवा आयोग नियमावली संसोधन प्रक्रियामा


  • ४ बैशाख २०७८, शनिबार १३:३५ प्रकाशित
  • ३२३९ पटक पढिएको

  • काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षकहरुको बढुवा र परीक्षालाई व्यवस्थित गर्न नियमावली संशोधनका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

    शिक्षक सेवा आयोगलाई लोकसेवा आयोग जस्तै गरेर शिक्षकको विज्ञापन गर्ने समय तोक्न र शिक्षक बढुाको लागि व्यावस्थित गर्न कार्यतालिका बनाएर जानु पर्ने भन्दै प्रस्ताव पठाएको हो ।

    अहिलेको व्यावस्था अनुसार शिक्षक बढुवाको खुला प्रतियोगिताका लागि विद्यालयमा कति शिक्षक पद रिक्त छ भन्ने कुरा शिक्षा विकास तथा समन्वय ईकाइले शिक्षा तथा मानव विकास स्रोत केन्द्रमा पठाउँछ । त्यसपश्चात् शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सो कुराको प्रमाणित गरेर आयोगमा पठाउँने गर्छ । त्यसपछि मात्र आयोगले विज्ञापन गर्ने गर्छ । साथै ६÷६ महिना शिक्षकहरुको विवरण पठाउनु पर्ने अहिलेको नियमावलीमा छ ।

    यसरी व्यावस्थित कार्यतालिकामा समय नै तोक्न पाइयो भने शिक्षकलाई कहिले विज्ञापन खुल्छ भनेर कुर्न नपर्ने र समय तोकेर कार्यतालिका बनाएर अगाडी जान उपयुक्त हुने कामु प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठले बताए । “त्यो कुरालाई हामीले अगाडी पनि बढाएका छौं । अहिले संघीय स्वरुपमा गईसकेपछि शिक्षकको व्यवस्थापन पालिकाले गर्ने गर्छ । शिक्षकको विवरण स्थानीय तहले इकाइमा , इकाइले शिक्षा तथा मानव विकास स्रोत केन्द्रमा पठाउने गरी नियमावलीमैं समयसिमा तोक्दियौं भने यो व्यवस्थित हुन्छ र आयोगले पनि आफ्नो कार्यतालिका बनाएर काम अगाडी बढ्न सहज हुनेछ श्रेष्ठले भने ।”

    यस भन्दा अगाडी बेलाबेलामा शिक्षक सेवा आयोगको नियमावली संशोधन भयो त्यसमा शिक्षकको बढुवा हुने जुन नियमावली छ, त्यसलाई नियममा व्यवस्थित गर्न प्रस्ताव गरेको प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठले बताए ।

    जस्तै प्राथमिक तहमा ५० जना शिक्षक छ भने ४० जना तृतीय श्रेणीमा, ९ जना द्वितिय श्रेणीमा र एक जना पहिलो श्रेणिमा शिक्षकको बढुवा हुन्छ । यो हिसाबले हेर्नेहो भने हामीले निमावि र मावि तहमा विषयगत शिक्षक त लिन्छौं तर बढुवा गर्दा खेरी कुन विषयको बढुवा गर्ने नभई मावि,निमावि तहमा जम्मा कति शिक्षक छन्, त्यसको आधारमा गर्छौ । त्यसमध्ये जिल्लाबाट आएकाहरुमा ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनबाट बढुवा हुन्छ र २५ प्रतिशत चाहिँ आन्तरिक प्रतियोगिताबाट हुन्छ । त्यसमा पनि पाँच शैक्षिक सत्र पुरा गरेको हुनु पर्छ । यसरी शिक्षकको बढुवा हुने हुँदा यसलाइ नियममा व्यवस्थित गर्न र शिक्षकहरुको सहजताका लागि परीक्षालाई व्यवस्थित गन हामीले प्रस्ताव गरेका छौं श्रेष्ठले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८३%१७%८%८%३%४%

    प्रतिक्रिया लेख्नुहोस