माधव नेपाल सहित ८ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


  • ६ बैशाख २०७८, सोमबार १७:४३ प्रकाशित
  • १०८ पटक पढिएको

  • काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपालसहित ८ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए।

    उनका अनुसार बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे र फ्लोर क्रस गर्ने प्रकाश ज्वाला,कुर्मराज शाही,नन्दसिंह बुढा  र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस