आइपिएल: राजस्थान चेन्नेइसग पराजित


  • ७ बैशाख २०७८, मंगलवार ०६:४२ प्रकाशित
  • १८३ पटक पढिएको

  • काठमाण्डाै : इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ ।

    राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ ।

    मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए ।

    यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए । ड्वेन ब्राभो २० रनमा अविजित रहे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस