यौन सम्पर्क गर्दैगर्दा कन्डम च्यातिए वा फुटे के गर्ने


  • ७ बैशाख २०७८, मंगलवार २३:०७ प्रकाशित
  • ३४२ पटक पढिएको

  • काठमाडौं । कन्डम फुटेको स्थितिमा यौन रोगको संक्रमण हुने वा गर्भरहने सम्भावना हुन्छ । कन्डम च्यातिएर वीर्य योनिमा झरेको स्थितिमा गर्भ रहन सक्छ । सामान्यत: महिनावारी सुरु भएको यस्तै १४ दिनपहिले डिम्ब निस्कासन हुन्छ । यदि त्यस दिनको हाराहारीमा यौनसम्पर्क भै योनिमा वीर्यस्खलन भएको छ भने गर्भ रहने सम्भावना बढी हुन्छ ।

    कन्डम फुटे के गर्नुपर्छ ?
    यौनसम्पर्कको बेला कतिपय स्थितिमा कन्डम फुट्न सक्छ । कन्डम फुट्दा सम्बन्धित दुवै व्यक्तिमा निकै चिन्ता हुन सक्छ । यस्तो स्थिति परे के गर्ने त ? कन्डम फुटेको स्थितिमा तपाईंकी केटी साथीको पनि विशेष सहयोग चाहिन्छ ।

     कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहन प्रयास गर्नुपर्छ, जसले सही निर्णय गर्न सहयोग गर्छ ।

     यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोक्नुपर्छ र लिङ्ग निकाल्नुपर्छ ।

     वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ ।

     त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ ।

     कन्डम फुटेको कुरा र त्यसको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत रूपमा कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनुपर्छ ।

    आकस्मिक गर्भ निरोध
    कन्डम फुटेर गर्भ रहने सम्भावना रहेको स्थितिमा गर्भ नरहोस् भनेर आकस्मिक गर्भनिरोधको साधन प्रयोग गर्न सकिन्छ । यसको पहिलो मात्राख  यौन सम्पर्क भएको १ सय २० घण्टा (५ दिन भित्र) लिइसक्नुपर्छ भने दोस्रो मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ ।

    आकस्मिक गर्भ निरोधका लागि प्रोजेस्टेनरोन मात्र भएको औषधी ओके (OK) तथा इकोन बजारमा उपलब्ध छन् । निलोकन चक्की पनि आकस्मिक गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ, तर यसको प्रयोग गर्दा एक मात्रामा चार चक्की खानुपर्छ । त्यसैगरी Cu-T (कपर टी) पनि यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भ निरोधका रूपमा प्रयोग गर्न सकिन्छ । #राजेन्द्र भद्रा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस