कतारि रियालको कारोवार बन्द हुँदै, बैशाख २७ भित्र साटि सक्न राष्ट्र बैंकको निर्देशन


  • ८ बैशाख २०७८, बुधबार ०७:२८ प्रकाशित
  • २४९ पटक पढिएको

  • काठमाडौं, बैशाख ८ । नेपाल राष्ट्र बैंकले कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै यही वैशाख २७ गतेदेखि रियालको कारोबार बन्द हुने जनाएको हो । साथै बैंकले सो अवधिभित्रै कतारी रियाल सटही गर्नसमेत आग्रह गरेको छ । त्यसपछि कारोवार बन्द हुने र साट्न नसकिने सूचनामा उल्लेख छ ।

    कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो ।

    वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस