नेपालले उपाधिको होडबाट बाहिरिएको मलेसियाको सामना गर्दै


  • ९ बैशाख २०७८, बिहीबार १०:४६ प्रकाशित
  • १७१ पटक पढिएको

  • काठमाडौं, बैशाख ९ गते । नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृखंलाको लिगको अन्तिम खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । नेपालले मलेसियाको सामना गर्नुअघि नै फाइनलमा नेदरल्याण्ड्ससँगको भेट सुनिश्चित गरिसकेको छ । नेपाल फाइनलमा पुगिसकेकोले आज हुने खेलमा पछिल्लो तीन खेलको अन्तिम एघारबाट टोलिमा केही बदलाब गर्न सक्ने अनुमान गरिएको छ ।
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि उक्त खेल हुनेछ । मलेसियाले प्रतियोगितामा अझै एउटै खेल जित्न सकेको छैन् । नेदरल्याण्ड्स बिरुद्ध बुधबार बराबरी खेल्दै अङ्क बाँडेको मलेसियाले नेपाललाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । नेपालले भने प्रतियोगिताको सुरु दुई खेलमा नेदरल्याण्ड्स र मलेसियालाई हराएपनि तेस्रो खेलमा नेदरल्याण्ड्स बिरुद्धको हार बिर्सेर प्रतियोगितामा आफ्नो लय कायम राख्न प्रयत्नशील रहनेछ ।
    यद्दपी मौसम प्रतिकूलताले मलेसिया र नेपालबीचको खेल प्रभाबित हुन सक्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस