कवि राजन के. सी.को रचना ‘जनताकाे बलिदान’


  • १३ बैशाख २०७८, सोमबार १५:२९ प्रकाशित
  • ४६७ पटक पढिएको

  • इतिहास साक्षी छ
    सात सालकाे क्रान्तिले
    राणाशासन अन्य गर्याे
    तर..
    जनताकाे बलिदान
    राजाकाे शासनका लागि भाे ।

    आन्दोलनकाे झाेक्काले
    गाउँ -शहर हल्लाएकाे
    मधुराे सम्झना छ
    पञ्चायत पल्टाएकाे
    कुन्नि हामी कसरी
    एमाले भयाैं
    ठुला बा हरु काङ्ग्रेस
    बाहरुकाे बाेलचाल नासियाे
    काेही पराईले जित्याे
    आफन्तहरु हारि रह्याैं पछि सम्म-
    तर..
    जनताकाे बलिदान
    नेताकाे अमन चैनका लागि भाे ।

    हतियारकाे त्राहिमाम भाे
    एक दशक
    काेहि हताहत् काेहि सहिद भए
    आन्दाेलनकाे आँधीले
    एउटा राजा बगाइ दियाे
    तर..
    जनताकाे बलिदान
    नयाँ राजाहरु जन्माउनका लागि भाे ।

    गणतन्त्र पछिका
    रसिक भाषण
    देश जुरुक्कै उठाउने सपना
    बिलाउँदै छन्
    पानीका फाेका जसरी
    राेगी बन्दैछ
    संविधान
    घाइते बन्दैछ
    गणतन्त्र
    शासन व्यवस्था फेरिए
    फेरिएनन् शासकहरुका मन
    न त कदर भाे
    जनताकाे बलिदान !

    राजन के.सी.
    २०७७/१/६

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १२%३%

    प्रतिक्रिया लेख्नुहोस