असार मसान्तसम्म पेन्सन खाता सक्रिय गराउन  बैंक जानु नपर्ने


  • १८ बैशाख २०७८, शनिबार ०७:२० प्रकाशित
  • १२८ पटक पढिएको

  • कोरोना भाइरसले निम्त्याएको महामारीको समयमा नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    बैँकमा पुगि हरेक ६/६ महिनामा पेन्सन खाता सक्रिय बनाउनु पर्ने नियम अनुसार थियो ।

    निवृत्तभरण बुझ्नेहरुको बैंक खाता निवृत्तभरण व्यवस्थापन कार्यालयबाट खाता सक्रिय गराई रकम भुक्तानी लिन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस