आफ्नो शैक्षिक प्रमाणपत्र आफैं समस्या नबनोस; प्रधानमन्त्री ओली


  • १८ बैशाख २०७८, शनिबार ११:३६ प्रकाशित
  • ३५२ पटक पढिएको

  • काठमाडौं /१८ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलिले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प तीव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवद्धन तथा विस्तार अनिवार्य भएको वताउनु भएको छ ।

    मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको शुक्रबार भर्चुअल माध्यमबाट समुद्घाटन गर्नुहुँदै उहाँले सो धारणा व्याक्त गर्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिष्ठानको २९ औँ वर्षिकोत्सवका अवसरसमेत पारेर आयोजित उक्त समारोहमा प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोटको सहायताले शिला स्तम्भ अनावरण गर्नु भएको थियो ।

    सरकारले नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको उहाँले स्पष्ट पार्नु भयो । शिक्षा प्राप्त गरेकाहरुलाई आफ्नो शैक्षिक प्रमाण पत्र आफै समस्या नबनोस बरु त्यो प्रमाणपत्रलाई व्याक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढङ्गले योगदान पु¥याउने प्राविधिक शिक्षाको प्रवद्र्धनमा देश लागिरहेको उहाँले बताउनु भयो ।

    प्रतिष्ठानले विगत दुई दशकभन्दा वढी समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम दिँदै आएको छ । अहिलेसम्म ३३ हजारभन्दा बढी व्याक्तिले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् । कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो ।

    कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षणको गुणस्तर अभिवृद्धि गर्ने र खासगरी उनिहरुलाई सूचना प्रविधिसँग अभ्यास्त गराउने उदेश्य प्रतिष्ठानको छ ।

    नवनिर्मित भवनमा ई–पुस्तकालयको समेत व्यावस्था छ । ई–पुस्तकालय अन्र्तगत पुस्तकालय प्रर्वद्धन प्रणालीमार्फत प्रयोगकर्ताहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको छ ।गोरखापत्रमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया लेख्नुहोस