कोरोनाको डरले (बालकविता)


  • २३ बैशाख २०७८, बिहीबार १२:२६ प्रकाशित
  • ४४८ पटक पढिएको

  • कोरोनाको डरले (बालकविता) – रमेशचन्द्र घिमिरे घरै बस्यो सानो भाइ घरमै बसे ठुला दाइ बाआमाको करले कोरोनाको डरले बाहिर गई आउँदा हातमा मैलो लाउँदा स्यानिटाइजर मागे है आफ्नो ख्याल राखे है ! भन्नुहुन्थ्यो सरले कोरोनाको डरले रुघाखोकी लाएमा ज्वरो पनि आएमा के हुन्छ हँ हामीलाई ? भन्छ मेरो सानो भाइ आत्तिएको स्वरले कोरोनाको डरले हात मिलाउन छोडेर दुइटै हात जोडेर पर-पर सर्दैछन् नमस्कार गर्दैछन् सारा संसार भरले कोरोनाको डरले । – भोर्लेटार, लमजुङ (२०७६/१२/२०)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस