काेराेना कहर


  • ३१ बैशाख २०७८, शुक्रबार ०९:१६ प्रकाशित
  • २७६ पटक पढिएको

  • लाग्छ,
    प्रत्येक पाईलाहरु
    मृत्यु कुल्चँदै अघि बढ्दैछन्
    दृश्य आँफै अतालिन्छ
    अस्पताल तिर हेरेर
    बिरामीकाे हप्याक-हप्याकले
    मुटु उफ्रिन्छ छाती छेडाैंला जसरी
    सन्नाटा छ पर्यावरणमा
    सडकतिर रुँदै कुद्छन
    एम्वुलेन्स र शव वहानहरु
    सिंगाे शहर माैन छ
    माैनतामा छ मुलुक ।

    समाचारका दारुण दृष्यले
    मुटु काँप्दै छ थर्थर
    हाेम आईसाेलेशन बाट मेसेन्जरमा
    स्वास्थ्य लाभकाे कामना दिंदै छु साथीलाइ
    कुन्नि स्वयंले हेर्नु अगावै
    उस्काे जीवन अस्ताइ पाे सक्छ कि ?
    अस्पतालमा शैया छैन
    बजारमा अक्सिजन
    जनता भन्छन् सरकारकाे तयारी छैन
    सरकार भन्छ जनतामा अनुशासन छैन ।

    दाेषाराेपण गरेर हैन
    दुरि कायम गरेर जिताैं
    खुल्ला मुखले बाेलेर हैन
    मुखाैटाेले मुख छाेपेर जिताैं
    हेलचेक्र्याँई र असावधानीले हैन
    संयम र अनुशासन ले जिताैं
    काेराेनाकाे कहर बाट
    आँफु बाँचाैं अरुलाइ बचाउँ ।
    राजन के. सी .
    तामाकोसी-५, दाेलखा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ११%१%

    प्रतिक्रिया लेख्नुहोस