एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा पौडेल चयन


  • १७ जेष्ठ २०७८, सोमबार १९:१३ प्रकाशित
  • १८५ पटक पढिएको

  • नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।
    यहि आइतबारदेखि चलिरहेको सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्ष चयन गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दोलखा जिल्ला संयोजक धिरज सुबेदिले बताए।

    नेकपा विभाजनपछि अध्यक्ष भएका वचनबहादुर सिंहकै प्रस्तावमा पौडेललाई अध्यक्ष बनाइएको हो । नव निर्वाचित पौडेल यसअघि राष्ट्रिय युवा संघ नेपालको सहअध्यक्ष थिए ।

    राष्ट्रिय युवा संघको राष्ट्रिय सम्मेलन गरेर विधान संशोधन नहुन्जेल सम्म पौडेल नै अध्यक्ष रहने र नाम पनि राष्ट्रिय युवा संघ नेपाल नै रहने सचिवालय सदस्य सुबेदिले बताए।
    त्यस्तै सोही बैठकले राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेश ईन्चार्जमा अमित लामा,सहईन्चार्जमा माहराज गुरूङ र अध्यक्षमा प्रकाश गौतमलाई चयन गरेको छ।

    भर्चुअल बैठकलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, युवा संघ इन्चार्ज महेश बस्नेत लगायत केन्द्रिय स्तरका नेताले सम्बोधन गरेका थिए ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस