डिश होम नेट मात्र २३३ रुपैयामा २५ एमबिपीएस र पुराना ग्राहकलाई १० एमबिपीएस भने निः शुल्क


  • २१ जेष्ठ २०७८, शुक्रबार २२:२७ प्रकाशित
  • २३४ पटक पढिएको

  • राजेश सिह बराइली
    काठमाण्डौ, जेठ २१ । आज देखि डिस होम नेटवर्कले कम्बो प्याकेज अन्तरगत २३३ रुपैयामा २५ एमविपिएस नेट सेवा प्रदान गर्ने भएको छ । डिस होम नेटवर्कका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार कम्बो प्याकेज अन्तरगत लाइफ टाइम प्रिमियम लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस गतिको नेट पाउनेछन् ।

    यसका लागि मासिक ५०० तथा बार्षिक ७२०० रुपैया तिरी लाइफ टाइम प्याकेज लिएको हुनु पर्ने छ । यसैगरि मासिक ६०० रुपैया तिर्ने ग्राहकले भने थप २३३ रुपैया तिरेमा २५ एमवीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्नेछन् । यसको मतलब भ्याट बाहेक ८३३ रुपैया तिरेमा २५ एमवीपीएसको सेवा प्राप्त गरिने छ ।
    टेलिभिजनको सुविधा लिने ग्राहकलाई र डिसहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उक्त सुविधा उपलब्ध गराइने छ भनि जेनेरल म्यानेजर रमेश सापकोटाले जानकारी दिए ।
    डिस होम फाइबरनेटले हाल नेपालका मुख्य शहरहरु काठमाण्डौ, ललितपुर, भक्तपुर, इटहरी, हेटौँडा र इनरुवामा संचालनमा छ भने छिटै विराटनगर, धरान र पोखरामा पुर्याइने छ । साथै ३ महिना ६ महिना १२ महिनाको लागि विशेष छुट पनि दिएको सापकोटाले जानकारी दिए ।
    भर्खरैमात्र सिजीले भारी छुटका साथ नेट सेवा प्रदान गर्ने घोषण गरेको थियो । जस अन्तरगत ९९९ मा १२० एमविपीएस दिने बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस