समाजसेवि तथा राजनितीज्ञ विदुर शर्माद्वारा मेलुङ्ग गाउँपालिकामा विभिन्न स्वास्थ्य सामाग्री वितरण


  • २२ जेष्ठ २०७८, शनिबार १७:२३ प्रकाशित
  • ५२१ पटक पढिएको

  • दोलखा, समाजसेवी तथा जिसस दोलखाका सदस्य विदुर शर्माको आर्थिक सहयोग र भक्तपुर इन्टरनेशनल हस्पिटलका डाक्टरहरुको संयुक्त टोलिले दोलखा जिल्ला मेलुङ्ग गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरि आवश्यक औषधि, माक्स तथा सेनिटाइजर वितरण गरेको छ।         

    आज पहिलो दिन भएको कार्यक्रममा भक्तपुर इन्टरनेशनल हस्पिटलबाट गएका डाक्टरहरु डा. रामकृष्ण श्रेष्ठ, डाक्टर अभिषेक देव र स्टाफ नर्स कल्पना गुरुङ सहितको विज्ञ टिम र सम्बन्धित स्वास्थ चौकिहरुका स्वास्थ्यकर्मिहरुको सहयोगमा मेलुङ्ग गाउँपालिका वडा नं. ५,६र ७ का ५२ जना कोरोना संक्रमित व्यक्तिहरुको स्वास्थ परीक्षणका साथै स्वास्थ परामर्श पनि दिइएको थियो। 

    कोरोना संक्रमित व्यक्तिहरुको अवस्थालाई मध्यनजर गर्दै सामान्य अवस्था भएका व्यक्तिहरू स्वास्थ चौकीमा र अलि समस्या भएका व्यक्तिहरू घरमै गएर परिक्षण गरिएको थियो।सो कार्यक्रममा मेलुङ्ग गाउँपालिका वडा नं. ३का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता हिरा बहादुर थोकर र वडा नं. ७ वडा अध्यक्ष नवराज खड्काको प्रत्यक्ष रोहवरमा भएको थियो।साथै स्वास्थ चौकी र प्रहरी चौकीलाई पनि आवस्यक माक्स, सेनिटाइजर तथा औसधि हस्तान्तरण गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%४%२%१%२%

    प्रतिक्रिया लेख्नुहोस