पुर्व मन्त्रि जाकिर हुसैनको कडा आपत्ति : उपप्रधानमन्त्रि महतो र सरिता गिरीको अभिब्यक्ति गलत छ


  • २३ जेष्ठ २०७८, आईतवार १३:१३ प्रकाशित
  • १९६ पटक पढिएको

  • राजेश सिह बराइली
    काठमाण्डौ जेठ २३ । पुर्व राज्य मन्त्रि जाकिर हुसैनले नव नियुक्त उपप्रधानमन्त्रि तथा शहरी विकास मन्त्रि राजेन्द्र महतो र महिला नेतृ सरिता गिरीको अभिब्यक्तिप्रति कठोर विमती रहेको जनाएका छन् ।

    पुर्व मन्त्रि हुसैनले राजेन्द्र महतोले नेपालको संविधान जलाएको फोटो पोष्ट गर्दै लेखेका छन्, “हेक्का रहोस मधेशका राजेन्द्र महतो प्रवित्तका केहि प्रतिसत मधेसी जन्मसिद्ध र अंगिकृत नागरिकता पाएर बनेका नेपालीहरु भारतीय मूलका नेपाली कहल्याउन सक्छन् तर मधेशमै रहेर नेपालमा गाभिएका नागरिक असली र आदिवासी नेपाली हुन् । खबरदार भ्रम नफैलाऔँ”।

    शुक्रबार मात्र उपप्रधानमन्त्रि तथा शहरी विकास मन्त्रिको सफत लिएक राजेन्द्र महतोले आफ्नो पदभार गर्ने वित्तिकै “बहुल राट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने” बताएका थिए । उनको यो अभिब्यक्तिले अहिले संचार माध्यममा बहसको विषय भएको छ ।

    यसै गरि हिजो मात्र सरिता गिरीले आफ्नो फेसबुकमा “सभी मधेशी भारतीय मूलके नेपाली नागरिक है They are  Indian Nepali भनेर पोष्ट गरेकी थिन् । गिरीले दिएको बिचारलाई प्रतिबाद गर्दै जाकिर हुसैनले लेखेका छन्, “धेरै भारतीय मूलका नेपाली र सबै भारतीय मूलका नेपाली” भन्नुमा फरक हो । उक्त भनाइलाई प्रस्ट्याउदै लेख्छन्, मेरो हजुरबा जन्मेको सुनसरी र मेरो १०–१५ पुस्ता पहिलेका जिजुबुबाहरु जन्मेको सप्तरी कहिले पनि भारतको अधिनमा थिएनन् । यहाँ भिन्दै राज्य थियो । पछि नेपालमा गाभियो । अनि हामी मधेशमा बसेको रंग–रुप मिलेको आधारमा कसरी भारतीय नेपाली भयौँ त ? उनले प्रश्न गरेका छन् । 

    बरु सुगौली सन्धिमा नेपालले गुमाएका भू–भागहरुमा बसोबास गरेका भाारतीय नागरिकहरुलाई “नेपाली मूलको भारतीय नागरिक” भन्ने हिम्मत जुटाउनुस भनि आह्रपनि गरेका छन् । हुसैनको तर्क छ, बर्मामै नागरिकता पाइसकेका नेपाली मूलका मानिसहरुलाई बर्मामा नेपाली बर्मेली भनिन्छ ।
    स्मरण रहोस, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र नेतृ सरीता गिरी दुवैजना भारतीय मूलका अंगिकृत नागरिकता बाहक हुन् । उनीहरुको दोहोरो नागरिकता रहेको विषयमा बारम्बार विवाद भइरहेको छ । गिरीले भारतले मिचेको नेपालको भुमी लिपियाधुरा, लिपुलक र कालापानीलाई नेपाली नक्सामा मिलाउने भनि गरिएको नेपालको संविधान संसोदन प्रति आपत्ति जनाउदै विपक्षमा मत हालेकी थिन् । यसै गरि संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ लाई मधेशको हित विपरीत भएको भन्दै महतो प्रत्येक बर्ष कालो दिनको रुपमा मनाउदै तथा संविधान जलाउदै आएको छन् ।
    नेपाल कम्युनिष्ट पार्टीका बौद्धिक तथा प्रखर नेता हुसैनले आफ्नो राष्ट्रप्रतिको संभाव, भुमिप्रतिको माया, मधेसप्रतिको माया र नेपाली हुनमा गर्व रहेको बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस