सुदुर पश्चिम प्रदेशमा मुख्य मन्त्री भट्टले पाए विश्वासको मत, जोगियो सरकार


  • २५ जेष्ठ २०७८, मंगलवार १२:५५ प्रकाशित
  • १२४ पटक पढिएको

  • काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो ।

    उनको पद नेकपा (एमाले)को खनाल–नेपाल समूहले जोगाइदिएको छ । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो । प्रदेशमा एमालेका सभामुखबाहेक २४ सदस्य छन् । जसमध्ये खनाल–नेपाल समूहका १७ सांसदले भट्टको पक्षमा मतदान गरे । 

    ओली समूहका सात सदस्यले मुख्यमन्त्रीको विपक्षमा मत हालेका थिए । यस प्रदेशमा नेकपा (माओवादी केन्द्र)का १३ सदस्य छन् । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बस्यो । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई सदस्यले भट्टको विपक्षमा मत हालेको हालेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस