कलाकार नहुँदै हजारौँ पोष्टकार्ड विक्रि, मलाई खोज्दै डिरेक्टर कक्षामा : सितल केसी


  • २५ जेष्ठ २०७८, मंगलवार २१:०८ प्रकाशित
  • १२१८ पटक पढिएको

  •  जसरी तिन घण्टाको एउटा फिल्ममा पुरै जीवनको भोगाइलाई देखाइन्छ त्यसरीनै सिने जगतमा लागेको एउटा कलाकारको र उसका दुई दशकको भोगाईहरु कस्तो हुन्छ सबै दर्शक र श्रोतामा खुलदुलीको विषय हो । म पनि जति पर्दामा चिनेको थिए त्यति नजिकबाट चिनेको थिइन । रामेछाप जिल्लाको प्रथम उमाकुण्ड कृषि महोत्सव २०७५ सालमा कलाकारलाई निम्ता दिने क्रममा पहिलो भेट भयो । अग्लो कद, कसिलो शरिर, हसिलो मुहार, सालिन अनि भद्र ब्याक्तित्वसँगको पहिलो भेटले मलाई नजिक्यायो । मेरो निम्तोलाई स्वीकार गर्नु भयो, कुरा सिधियो । तर कुराकानी गर्ने रहर मरेको थिएन । आज एक पत्रकारको हैसियतले ब्यस्त शहरीया जीवनबाट टाढा भई, धेरै बर्षपछि अर्घखाँची घरमा पुगेका सितल केसीसँग बाल्यकाल, पढाइ, सिनेमा यात्रा, प्रेम, यौन, विवाह तथा जीवन संघर्षका हरेक पाटाहरुलाई केलाउने प्रयास गरेको छु ।

    राजेश सिह बराइली

    सितल केसीले नेपाली सिनेमा क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर काम गर्दैै आएको छन् । कला क्षेत्रलाई माया गर्ने र नेपाली दर्शकले शितल केसीलाई सदावाहर नायक तथा कलाकारकारुमा चिन्छन् । उनी भन्छन्, संसारमा कुनै पनि बस्तु कसैले निर्माण नगरी आफै पूणर् हुदैन । त्यसैले मेरो जीवनलाई पनि सिनेमा जगतले चिनाएको छ तथा पूणर् बनाएको छ । सिनेमा क्षेत्रमा कस्तो कलाकार हो भन्ने कुरा, दर्शकलाई निणर्य गर्ने जिम्मा दिदै उत्तर दिन्छन्, जुन भाडामा राखेर मुल्याङकन गर्नु हुन्छ तपाईहरुको नजरमा म त्यस्तै देखिन्छु, ।
    उनको बाल्यकाल अर्घखाँची जिल्लाको एक विकट गाउँमानै वित्यो । उनी मध्यम बर्गीए परिवारमा साइला छोराका रुपमा जन्मिएका थिए । उनको शैसबकाल बत्ति, नेट र टेलिफोनको पहुँचबाट टाढा रहेरनै वित्यो । त्यसैले उनी सानो छँदा फिल्म हेर्नेत कुरै भएन । “साधारण सबै गाँउले मान्छेको जनजीवन जसरी वित्यो मेरो पनि त्यसरीनै वित्यो” उनी सुनाउछन् । अर्घखाँचीका ढुंगा माटोमा हुर्किएको बालकलाई जीवनमा केहि नयाँ र अविशमरणीय काम गर्नु पर्छ भन्ने लाग्थ्यो तर के गर्ने थाहा थिएन ।

    उनले सुनाए, फिल्म क्षेत्रका टर्निङ पोइन्टहरु, “म अर्घखाँचीबाट एस. एल. सी. पास गरेर बुटवलमा कलेज पढ्न आँए । त्यो सरकारी कलेजमा १४ हजार भन्दा बढि विद्यार्थी थिए । पहिला धेरै सरकारी तथा प्राइभेट कलेज थिएनन् । त्यसैले पनि विद्यार्थीको चाप थियो । मलाई सबै विद्यार्थीहरुले मेरो नामले भन्दापनि हिरो हिरो भनेर बोलाउने गर्थे । किनकी मेरो गेटअप, लामो कपाल, लरक्क परेको ज्यान, लक्का जवान हा हा हाँस्दै भन्छन् म अर्गानिक हिरो थिँए ।
    उनले गजबको कुरा सुनाए, “कलेजको नजिक मनिष पन्थ दाईको श्रीनगर फोटो स्टुडियो थियो । सबैले हिरो भनेकै कारण दाइले मलाई फोटो खिच्नको लागि आग्रह गर्नु भयो । मेरो फोटो सुट पछि स्टुडियोको अगाडि झुण्डाउनु भएछ, त्यो सुन्दर फोटो दिनदिनै विक्री हुन थालेछ । एक दिन मेरो आँखा अगाडिनै एक जनाले किनेर लानु भयो । त्यतिबेला हिरो हिरोइनको फोटाहरु पोष्टकार्डको रुपमा प्रेमी प्रेमीकाले दिने लिने चलन थियो । अच्चम्म लाग्छ, ती मेरा फोटोहरु पोप्टकार्डको रुपमा बजारमा यति धेरै विक्री हुन थालेछन् । सबैले मलाई एक लोकल कलाकारको रुपमा चिन्न थाले । जुन मेरो फोटोहरु कलाकारिता सिनेमा क्षेत्रको राष्ट्रिय स्तरमा पुगेछ । अनि मलाई करिब पाँच/छ जना सिनेमा क्षेत्रका दिगज डाइरेक्टरहरु फिल्म खेल्नको लागि अफर गरेर कलेजमै आउनु भएको थियो । तर मेरो पढाई नसिद्धिएको र सिनेमा क्षेत्रको ज्ञान नभएको कारणले ती प्रस्ताव स्वीकार गरिन । अवसर आयो तर लिन नपाई गयो । फोटो स्टुडियोले फिल्म क्षेत्रमा धेरै सोच्ने वाताबरण बनायो”।
    ती दिनहरु सम्झदै भन्छन्, बुटवलमा इन्टर सिद्धिएपछि, ब्याचलर पढ्ने सिलसिलामा २०६० माघमा काठमाण्डौँ आँए । संयोगबस, एक दिन एक रेष्टुरेन्टमा श्याम भट्टराई निर्देशकसँग भेट भयो । नयाँ चिनजान भयो । उहाँले आफु एक सफल टेलिफिल्म निर्देशक भएको बताउनु भयो । अनि सिधै अभिनय गर्न आग्रह गर्नु भयो । म अलमल परे । पहिलो भेट, पहिलो अफर, ठुलो अफर । बास्तबमा मलाई यो सम्बन्धि कुनै ज्ञान, सिप, दक्षेता थिएन । मैले एक/दुई महिना पछि सोच्छु भने । करिब २ महिना पछि, उँहाले एक दिनको लागि सुटिङमा आउनु भन्नु भयो । साथीहरुले पनि जाउ जाउ भने । उँहाले सघाउने बचन दिनु भयो, म गएँ ।
    मैले गहना टेलिफिल्ममा एक भागमा खेलँे । यसको प्रोड्युसर श्याम सुन्दर रिजाल हुनुहुन्थ्यो । त्यो नेपाल टेलिभिजनमा प्रसारण पश्चात दर्शकले असाध्यै मन पराउनु भएछ । अर्को संयोग, त्यो सुटिङको दिन धेरै जना डाइरेक्टर र प्रोड्युसरहरु आउनु भएको रहेछ । मैले गरेको अभिनय सबै डाइरेक्टरलाई मन परेछ जुन मैले जानेर हैन । त्यसपछि टेलिफिल्म बंस र तिमी पुरुषबाट पनि प्रस्ताव आयो । मैले एकै चोटि तीन/तीन ओटा टेलिफिल्म खेल्ने अबसर पाएँ जुन चार/पाँच सय भागसम्म निरन्तर अभिनय गरिरहे । यसैले मलाई एक सफल कलाकार भएर चिनायो । अन्य धेरै टेलिफिल्ममा काम गरँे र सिनेमामा धेरै प्रस्ताव आयो । ऋषि न्यौपाने सरले चलचित्र जालमा डेब्यू गर्ने अबसर प्रदान गर्नु भयो । जसले मलाई एक्सन नायकको रुपमा स्थापित गरायो ।
    उनी अलि गंभिर हुदै भन्छन्, बास्तबमा मलाई कलाकारीतामा प्रवेश गर्न खासै संघर्ष गर्नु परेन तर मेन्टेन्ट गर्नको लागि भने निकै गाह्रो भयो । मेरो फिल्डमा सपोर्ट गर्ने र अविभावकको भुमिका निर्वाह गर्दिने कोहि भएन । पढ्नु पर्ने, सिनेमा जगतमा स्थापीत हुनै पर्ने, आप्mनो क्षमतालाई निखार ल्याउनु पर्ने खर्चको म्यानेज गर्नु पर्ने सबै कुरा आफैले म्यानेज गर्नु पर्ने भयो । म वान मेन आर्मि र रियल लाइफमा पनि हिरो भएर निरन्तर संघर्ष गरिरहे ।
    मेरो परिवारका लागि यो कहिले पनि खुसिको विषय भएन । सामान्य परिवारको चाहना जागिर,ब्यापर, बिहे र सन्तान हुन्छ । मेरो परिवारको पनि त्यहि थियो । त्यसैले मेरो सफलता र असफलतामा मेरो परिवारको कुनै निन्दा छैन । कलाकार नभाको भए म पुलिस हुने थिए होला भन्छन् केसी । तर म यही क्षेत्रको क्रिडनमा डुब्दै गए । र उनी चरम सफलताबाट परिवारलाई उत्तर दिन चाहन्छन् ।
    आफ्नो काम कर्तब्यलाई निन्दा पुर्वक मिहिनेत गर्दा फल आफै मिल्छ सफले नहुने भन्ने विषयनै रहेनछ । समय परिस्थितीले, भाग्य, मेरो क्षमताले मलाई सिनेमा क्षेत्रमा ल्यायो । उनका प्रेरणा तथा उर्जाको श्रोत भनेकोनै दर्शकहरु हुन् । दर्शक मेरा भगवान हुन् म सधै पुजा गर्ने गर्छु र उहाँहरुको आशिर्वाद लागिरहेको छ । दर्शक र दर्शककोे माया विना मेरो कलाकारिता सधै उपेक्षा र अधुरो रहन्छ । सायद मलाई माथीबाटै भगवानले तिमी कलाकार हुनु पर्छ भनेका पठाएको जस्तो लाग्छ । उनी भन्छन्, यस क्षेत्रमा लागेर केहि पाएँ केहि गुमाएँ ।
    नायक केसिले अहिलेसम्म जाल, आफन्तको माया, द्धान्द, पापी संसार, दिवानापन, त्रिदेब, मेरो राजेशदाई, हाम्री चेली, एक पलको जीवन लगाएत दुइ दर्जन भन्दा धेरै सिनेहरुमा नायकको रुपमा अभिनय गरेको छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने गहना, बंश, तिमी पुरुष, भाग्य आ-आप्mनो, शंका आफन्त, यात्रा लगायतका सिरियलमा चार पाँच सय एपिसोडमा खेले । म्युजिक भिडियो पाँच सय भन्दा धेरैमा काम गरिसकेँ भनछन् ।

    सफल र असफलताको कुरा गार्दा केसी भन्छन्, सिनेमा बनाउनको लागि धेरै जनाको सोच शक्तिको आवश्याकता हुन्छ । निर्माताको प्रर्याप्त लगानी र निर्देशकको सोच र कलाकारको निखार कलाकारिताले मात्र एक सिनेमा सफल बन्छ । जसलाई सहि रुपमा प्रदर्शन, विज्ञापनले पनि महत्व राख्छ । सिनेमा राम्रो निर्माण हुदै गर्दा पनि विभिन्न कारणबश बजारमा ब्यवसायिक्ता सफल नभएको पाइन्छ । भने मेरा जतिपनि सिनेमा बजारमा प्रर्दशन भए र राम्रो प्रतिकृया हुदै गर्दा पनि ब्यवसायिक रुपमा केहि चलचित्रले मात्र सफलता पाएका छन् ।
    उनी भन्छन्, सफल कलाकार हुनको लागि भुमिका अनुसारको गेटअप, मन मष्तिस्कबाट शक्ति प्रयोग गरि भुमिकालाई न्याय गर्नु पर्छ । त्यसपछि आफुले अभिनय गरेको सबै फिल्म सम्मझना लाएका नै हुन्छ । काम गरेका सबै सिनेमा राम्रै लाग्छ त्यति हुँदा हुदै पनि केहि चलचित्रले मेरो पनि मन जितेको छ । दर्शकबाट गजबको प्रतिकृया पाएको छु । जसले ब्यावसायिक रुपमा निर्माताले धेरै भन्दा धेरै मुनाफा कमााए । जस्तै जाल, हामी चेली, मेरो राजेश दाई, आफन्तको मामा, त्रिेदेव, दिवानापन, समहाली राखहै जस्ता सम्झना लाएक धेरै छन् ।
    उनले भने नेपालमा दुइ खालको कलाकार भएको पनि बताए । एक इन्डस्ट्रिमा चल्ने र अर्को भने दर्शकमा चल्ने । आफु दर्शकमा चल्ने कलाकार भएको कारण कहिले काहि इन्डस्ट्रिबाट अलि पर भएको भान हुन्छ । इन्डस्ट्रिमा चल्नको लागि चापलुसि र शोषणलाई सहन सक्नु पर्ने पनि बताए । र त्यस्ता ब्यक्तिलाई मिडियाले पनि स्थान दिन्छ । तर म जहिले पनि आप्mनो इमान्दारीता, मेहनत र दर्शकलाई ठुलो स्थान दिएकोले गर्दा पनि धेरै मिडियामा आउन नचाहेको बताए ।
    एउटा नायकले दुइ दशकको अबधिमा सुटिङका क्रममा धेरै ठाउँमा पुगे, धेरै दृश्यहरु छायाङ्कन गरे, धेरै दर्शकहरुलाई भेटे र केहि सम्झना लायक क्षणहरु विताए । ती क्षेणहरु कहिलेकाही रिल र रिएलको जीवनमा एकै पटक भएको पनि छ भन्छन् । सुटिङकै क्रममा इलाममा थियौँ । सुटिङ स्थलमा भिडले घेरेर सुटिङ गर्न सकेनौ, सटर बन्द गरेर बस्नु पर्‍यो । त्यो सुटिङ बेलुका गर्‍यौ । म यो भिड देखेर मलाई माया गर्ने यतिको दर्शकपनि हुनुहँुदो रहेछ भन्ने लाग्यो । गर्वले छाति फुल्यो ।
    त्यसैगरि अर्को पुर्वमै सुटिङको क्रममा नेपालको पुर्वि जिल्ला चिया वगानमा थियोैँ । सुटिङको टेक भइरहेको बेला एक जना बृद्धा आएर मेरो हातमा समाउनु भयो, मसँग चिनेझै भलाकुसारी गर्नु भयो । केहि समय पछि श्रीमती, लिएर आउनु भयो । फेरी सा-साना बच्चा लिएर आउनु भयो ब्यवस्थापकले रोक्दारोक्दै उहाँहरु सेट भित्र छिर्नु भयो । कुराकानी गर्न चाहिरहनु भयो । तपाइले मलाई चिन्नु हुन्छ भन्दा उहाँले मलाई चिन्छु भन्नु भयो अनि को हुँ त भन्दा हिरो राजेश हमाल भन्नु भयो । हैन भन्दा पत्याउनु भएन । उहाँको कमेडियन ब्यवहारले सुटिङमा पुरा दिन डिस्टव भयो र अर्कै दिन काम गर्नु पर्ने भयो ।
    धेरै जनाले मलाई राजेश हमालको भाइ भन्छन । तर हामी एउटै दाजु भाइ हैनौँ तर नायक दाजुभाई चाहि हौँ । यो एउटा संयोग मात्र हो, हाम्रो आउट लुक, शारिरिक बनावत, फेस मिल्नुमा । राजेश हमाल दाईसँग मैले मेरो राजेश दाइ, बागमति २ फिल्ममा काम गर्ने अबसर पाँए जुन चलचित्रले ब्यवसायीक र दर्शनिय सफलता पाएको थियो । म उहाँको राम्रो प्रशंसक भएर पनि होला उहाँको आदार अहिलेपनि गरिरहन्छु ।

     

    उनले नेपाली सिनेमा जगतको कमजोरी कोट्याउन पनि भ्याए । नेपाली सिनेमा बन्न लागेको छ दशक पुग्न लागीसक्यो । पहिला दुई/तिन बर्षमा एउटा फिल्म बन्ने अहिले बर्षमा सयौँको संख्यामा सिनेमा निर्माण हुन्छ । धेरै कलाकार, निर्माता, निर्देशकको पनि जन्म भयो । नेपाली चलचित्र एक उद्योगको रुपमै स्थापित छ । राज्यले पनि राम्रो राजस्व लिनुका साथै हजारौँ मानिसहरुले रोजगारी पाएका छन् । तर ब्यवस्थित छैन ।
    तर दुःखको कुरा हामीले अन्तराष्ट्रिय स्तरका सिनेमाहरु बनाउन सकेका छैनौँ । त्यस्तै हाम्रो सिनेमा इन्डष्ट्रिमा ब्यवस्थापन अलि कमजोर छ, यसलाई बक्स अफिसको अवधारणलाई अझ चुस्त बनाउनु पर्ने देखिन्छ, जसले सिनेमाकर्मी, दर्शकलाई सिनेमा प्रर्दशन र प्रवर्दन गर्न सहज होस् । सरकारले उद्योगको रुपमा सम्बोधन गर्नुपर्छ र सिनेमालाई इन्सुरेन्स गरिनु पर्छ । यस्तो गर्ने हो भने, निर्माताहरु केहि मात्रमा आर्थिक संकटबाट जोगिन सक्छन् । यदि निर्माता बाच्ने हो भने नेपाली सिनेमा इन्डस्ट्रि पनि बच्छ ।
    सेलिब्रेटि हुँदा धेरै खुसी र निरास पनि पाइन्छ । पक्कैपनि आफुले गरेको मिहिनेतको स्यावासी पाउँदा जो कोहिलाई पनि खुसि हुनु स्वाभाविक हो । हामीले गरेको कामको मुल्याङकन गरि हामीप्रति देखाइएको माया हौसला पाउँदा खुसी काम गर्ने माहोल हुन्छ । आधा जीवनको मिहिनेत पसिनाको कमाइ हो सेलिब्रिटि । सेलिब्रेटि हुन ब्यक्तिगत इच्छा खुसि चाहनाको त्याग र तपस्यालाई मैले कहिलेपनि बेफाइदा नमान्ने गर्छु । हाम्रो सम्पुणर् जीवननै सधर्ष हो । सघर्षमै जीवनको अन्त्य हुन्छ भने संघर्षबाट जीवनको सुरुवात हुन्छ ।
    नायक केसीले अविवाहित हुनको कारण पनि दार्शानिक भावमा सुनाए । भनिन्छनी जन्म, मृत्यु र कर्म यी सबै सास्वत सत्य छन् र यी सबै माथीबाटनै लेखिएर आएको हुन्छ । हामी त केवल त्यस्को पात्र मात्र हो । हामी सबैको डाइरेक्टर कोहिन कोहि केहिन केहि छ । त्यसैले सायद मेरो भागमा पनि त्यहि भएको हुनु पर्छ ।
    हरेक सफल ब्यक्तित्व अविवाहित तथा ढिलो परिवारिक सम्बन्धमा जोडिएको पाएको छु । संघर्ष गर्दा गर्दै कोहि सफल हुन्छन् त कोहि असफल । उनीहरु सघर्ष गर्दा गर्दै प्रेम, परिवार तिर सोच्न समेत समय पाइदैन । त्यसैले म पनि न कुनै सम्बन्धमा बस्न पाएँ न कुनैले सम्बन्ध जोड्ने अबसर पाए । तर उनी सुनाउछन्, कुनै केटिको ब्यक्तित्व, आचरण तथा उनीहरुको ब्यवहारले आफुलाई आकर्षित गर्नु स्वाभाविक हो ।
    उनलाई मन पर्ने युवतिहरु धेरै छन्, ती नारीहरुलाई जीवनका हरेक घुम्तिमा भेटिएको बताउँछन् । जस्तै सामान्य तरिकाले बाटोमा हिड्दा, कामको सिलसिलामा, सामाजिक संजालको माध्यमबाट कुराकानी हुँदा, कुनै कार्यक्रममा चिनजान हँुदा । हास्दै भन्छन्, तर प्रेमिकाको लागि प्रस्ताव गरेको छैन ।
    केसी भन्छन् घरकी नायीका ३२ गुणले युक्त हुनुपर्छ तर मलाई बत्तिस गुणको परिभाषात आउदैन । मेरो अभिनय तथा रिलमा धेरैपटक घरकी नायीकाको नायक बन्ने अबसर पाँएको बताउँछन् । त्यहाँ बोलिने सम्बादले केहि ब्यवहारिक पक्षलाई पनि सिकाएको पाउँछुरे । उनलाई कुरुप र घिनलाग्दो सम्बन्धले छुँदा, यर्थात जीवनमा पनि यस्तै हुन्छ होला ?सबै पुरुषको भावना आप्mनो घरकी नायीका सबैकुराले पुणर्होस । जसको मायाले जीवनमा उर्जा दिलाओस र एक प्रेरणाको श्रोत बनोस ।
    उनले प्रेमको परिभाषा पनि प्रस्ट्याउन भ्याए, प्रेममा विश्वासमा हुनु पर्छ । विश्वास विनाको प्रेम कागजको फुल जस्तो हुन्छ । जुन हेर्दा शुन्दर हुन्छ सुँग्दा बास्न आउदैन । बाहिरी शुन्दरता भन्दा पनि भित्रि आत्म वा ज्ञान बास्नदार हुन पर्छ भन्छन् । संसारमा धेरै जना साहित्यकारले कविता कथा लेखे फिल्म बनाए र यो क्रम अहिले पनि जारी छ तर मलाई लाग्छ अहिले सम्म मानिसहरुले प्रेमको गहिराई पत्ता लगाएको छैन यदि प्रेमको त्यो गहिराई पत्तालागेको भए यी सब बन्द हुन्थे तर छैन । झन एक पछि अर्को मानिसले परिभाषा दिदै जान्छ । यसको स्वारुप रंग बदलिरहेको छ । हुनत, मलाई प्रेमको परिभाषा गर्न सक्तिन तर मेरो विचारमा प्रेम एक जिउने आधार हो । प्रेम उर्जा हो ।

    यौन के हो त भन्ने विषयमा उनी यसरी परिभाषा दिन्छन् । यौन एक यस्तो कुरा हो, जुन संसारमा धेरै भन्दा धेरै विक्री हुने कुरा हो । यौनबाट सम्भवत कोहिपनि टाढा रहन सक्दैन र त्यस्तो सृष्टि छैन जो यौन भन्दा बाहिर रहेर भएको छ । सिनेमा जगतमा यौनको चर्चा हुन्छनी भन्ने सन्दर्भमा उनी भन्छन्, यौन सबै पर्दा र मिडिया भन्दा टाढा हुन्छन् र बजारमा नदेखिएको हुन्छ । तर सिनेमा कलाकारीता आफैमा एक मिडिया हो । र यो विषमा चर्चा परिचर्चा हुनु स्वाभाविक ठान्छन् । तर मेरो दुइ दशकको सिनेमा लाइनको जीवनमा त्यस्तो नदेखेको छु न भोगेको छु ।
    उनी आस्तिक की नास्तिक भन्दा आफुलाई कर्ममा विश्वास गर्ने बताए । आस्थामा मानिसहरुलाई आनन्द मिल्छ । तत्थ सत्य हो भने संसारमा एउटैमात्र विश्वास र प्रमाण भनेको मृत्यु हो । प्राकृतिक र बैज्ञानिक रुपमा मृत्यु सत्य छ । मानव जीवन होस वा सजिव प्राणिमा हो मृत्युले पर्यावरणीय जीवनलाई समेत सन्तुलनमा राखेको छ ।
    उनी भविष्यमा सिनेमा इन्डस्टिमा निर्देशकको रुपमा आउने चाहना पनि सुनाए । यो समयको माग पनि हो । म मेरो काम प्रति इमान्दारीता र मिहिनेती कलाकार भएका कारण पछि आउने जुनियर कलाकारलाई पनि स्थापित गराउन चाहेको बताए ।
    यो महामारीले विश्वका सबै पक्षलाई लथालिड्ग पारेको छ । यसबाट उनी पनि अछुतो रहन सकेको छैन । केसी भन्छन्, सबैभन्दा पहिलो आफु सुरक्षित रहनु र अरुलाई सुरक्षित रहन सहयोग गर्नु हो । तर उनले यो महामारीलाई ब्यस्त जीवनबाट आराम गर्ने अबसरको रुपमा लिएको छु भन्छन् । धेरै बर्ष पछि गाउँ आइएको छु । अहिले जीवन मरणको दोसाधमा रहेका दम, प्रेसर, सुगरले ग्रसित भएका पाका बुबा आमाका साथमा बसेर सेवा गर्ने र माया साटासाट गर्ने सौभाग्य जुरेको छ । मैले धेरै पुस्तक र सिनेमाको स्कृप्टलाई अध्ययन र सच्याउने काम गरिरहेको छु । केसी नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य भएका कारण उनको दायित्व अप्ठेरो परेका दुःख परेका आम मानिसहरुलाई उहिँबाट समन्वय गरेर आर्थिक, भौतिक सहयोग गर्ने गरेका छन् ।
    उनलाई नेपाली हुनमा गौरब लाग्दो रहेछ । हाम्रो मुलुकका यस्ता धेरै बलिया पक्षहरु छन् । जुन कुराले विश्वलेनै नेपाल र नेपालीको सम्मान गर्छ । हामी एक सर्वभौम राष्ट्र हो । सर्बोच्च सिखर, गौतम बुद्ध देश भन्दा खुसि लाग्ने बताउछन् । उनलाई अहिलेको राजनितिप्रति पनि चिन्ता रहेछ । देशले छिट्टै राजनितिक स्थायीत्व पाओस र देश विकास तर्फ अघि बढोस भन्छन् ।
    अन्तमा, उनी भन्छन् “आज यति धेरै विषयमा कुरा गर्ने अवसर सृजना गर्नु भयो । मेरो ब्याक्तिगत जीवन देखि कलाकारिताको जीवन पल्ट्याउँदा नयाँ पुराना यादहरु पनि आए । मेरो विचार मेरो कलाकारीताको जीवन दर्शक श्रोत सँग पुराउने जुन जमर्को गर्नु भयो । तपाई र तपाईको मेडियालाई विशेष धन्यवाद दिन चाहन्छु”।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २२%१२%१%२%१%१%

    प्रतिक्रिया लेख्नुहोस