दिगो भएन


  • २६ जेष्ठ २०७८, बुधबार १२:२९ प्रकाशित
  • ५०८ पटक पढिएको

  • पदम चन्द्र रसाइली

    कहिले आउँला देशमा शान्ति
    समृद्धि र सुख अनि अमन, चयन ।
    प्रकृतिको सुन्दर भूमी
    राजनितिलाई कहिल्यै पनि दिगो भएन ।।

    सिहदरबार, सितल निवास
    पालै पालो जुध्छन बालुवाटार ।
    कहिले होला यो देशमा
    नियन्त्रण, कालाबजार, महंगी र भ्रष्टचार ।।

    नातावाद र कृपावादको
    चलन कहिल्यै अन्त भएन ।
    राजनितीमा खिचातानी
    जनतालाई कहिल्यै पनि सन्च भएन ।।

    नाम चलेका सबै पार्टी जाँचि सक्यौ,
    दिगो सरकार पत्तै लागेन ।
    देशको विकास त कुरै छोडौ
    उच्च पदलाई बालुवाटारको कुर्सी फापेन ।।

    जनता उफ्रिन्छन् सडकमा
    नेता डुक्रिन्छन् सदनमा जनतालाई सारै झेल भो ।
    यो नेपालको राजनिति त
    भन्नु पर्दा बाँदरहरु उफ्रे जस्तै फोहोरी खेल भो ।।

    जनतालाई अन्याय भयो
    न्याय दिन भगवान बुद्ध आई देउ ।
    जनता र देशले शान्ति पाउनु पर्छ
    नेपालको राजनितिलाई शुद्ध बनाई देउ ।।

    तिम्रो पनि जन्म भुमि हो बुद्ध,
    शान्ति सँधै फैलाई राख है ।
    लुछा चुँडी मारा मार गर्नु हुन्न
    यी नेतालाई ज्ञान दिएर बताई राख है ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १०%१%१%

    प्रतिक्रिया लेख्नुहोस