बाल कविता (थन्किएको टेलिभिजन)


  • २७ जेष्ठ २०७८, बिहीबार ०७:०७ प्रकाशित
  • २६२ पटक पढिएको

  • हाम्रो घरको कुनामा
    बसेको छ थन्केर
    पैले पैले घनन्न
    बज्थ्यो कोठै घन्केर

    टि.भी. हेर्न हानाथाप्
    हुन्थ्यो हाम्रो पहिले
    आएपछि ईन्टरनेट
    थन्क्यो टि.भी. अहिले

    हजुरबाले दिन्दिनै
    हेर्थे खबर साँझमा
    छेउछाउमा बाआमा
    हामी बस्थ्यौँ माझमा

    हजुरबाको खबर
    भ्याइने पालो कुरेर
    बस्दाबस्दै बाआमा
    निदाउँथे घुरेर

    हामी भने बसिन्थ्यो
    झुल्दैझुल्दै आशमा
    कार्टुन हेर्ने रहर
    हुन्थ्यो हाम्रो खासमा

    जब आयो बाबाको
    मोबाइल हातमा
    नौलो कुरा भित्रियो
    ईन्टरनेट साथमा

    हेर्दाहेर्दै कोरोनाले
    बन्द भयो स्कुल
    घरै बसी पढन
    छैन केही मुस्किल

    हो नि साँच्चै टि.भी. को
    अब दिन गएछ
    विश्व चिन्न सजिलो
    मोबाइल पो रहेछ ।                                                                   -सरस्वती श्रेष्ठ सरू (पोखरा)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%५%

    प्रतिक्रिया लेख्नुहोस