नेपाल सरकारको निति तथा कार्यक्रमले मुस्लिम समुदायलाई नसेमेटेको विज्ञको गुनासो


  • २७ जेष्ठ २०७८, बिहीबार २३:२८ प्रकाशित
  • ३८८ पटक पढिएको

  • राजेश सिह बराइली
    काठमाण्डौ, जेठ २७ । आर्थिक बर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा मुस्लिम समुदायलाई नसमेटिएको प्रति असन्तुष्टि जनाएका छन् ।
    नेपालको कुल जनसंख्याको करिब ५ प्रतिशत मुस्लिम समुदायलाई लक्षित गरि कुनै पनि खास कार्यक्रम नलिएको र यो समुदायको जीवन स्तर अति कमजोर भएको जमिएत उलमाय नेपालका महासचिव तथा जनता सामाजवादी पार्टीका केन्द्रिय सदस्य मो. खालिद सिद्धिकीले बताए ।
    भिन्न किसिमको संकृति तथा धर्म अंगालेर हिडेको यो समुदाय पनि नेपालको पहिचाहान र सम्पति हो । सबै समुदाय, भुगोल, क्षेत्र र वर्गलाई समेटिएर ल्याएको सघको बजेट भनिए पनि प्रचारमुखि मात्र भएको सिद्धिकीले लिखु अनलाईनलाई बताए । विगतका बर्ष झैनै यो बर्ष पनि खासै केहि नौलो किसिमको बजेट आएन ।
    लोकतान्त्रिक गणतन्त्र नेपालमा आएपनि समाबेसिको नाममा कुनै पनि किसीमको नयाँ ब्यावस्था नगरेको बताउनु भयो । सिद्धिकी भन्छन्, अग्रजहरुले मुस्लिम समुदायलाई कहिले पनि यो पनि नेपाली समुदाय हो र यसको उत्थान तथा विकासको लागि भनेर विशेष किसीमको योजन नबनाएको र बनाउन कुनै ठोस कार्य पहल नगरेको बताए ।
    विशेष गरि मुस्लिम समुदायको बाहुल्यता प्रदेश २ अत्याधिक छ । यहि प्रदेशको मुख्यमन्त्रि मुस्लिम समुदायकै भएतापनि आफ्नो समुदायको लागि भन्दा पनि अर्कै समुदाय तथा उपल्लो वर्गको मतियार भएको भनि सिद्धिकीले आरोप समेत लगाएका छन् । अरु समुदायले मुख्यमन्त्रिनै मुस्लिम समुदायको छ भन्नलाई सजिलो छ तर भने जस्तो नभएको बताए ।
    बहुसख्यक मुस्लिम समुदाय शिक्षाबाट बन्चित र बेरोजगार भएको छ । यो समुदायको विकास नहुदा देशको इच्जतमा माथिनै ठेस लाग्ने समेत सिद्धिकी बताउछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस