समकालिन राजनितिक कविता : “कली यूग”


  • ३० जेष्ठ २०७८, आईतवार २०:५५ प्रकाशित
  • ९४१ पटक पढिएको

  • अमर लामिछाने

    दोलखा, नेपाल

     

    नेपालको कली धपकै वली
    बोल्छन् नेताहरु होस गुमे सरी ।।
    भन्छन् रूखले कार्वनडाई अक्साइड दिन्छ
    कोही पागल सरी प्रधानमन्त्रि मारिदिन्छु भन्छ ।।

    यहाँ अपराधी पनि कति धेरै बढेको
    अभियन्तको नाममा पनि ठगी खाने गरेको ।।
    जताततै पापै पाप छ मानिसहरुमा
    पद प्रतिष्ठा र कुसस्कार को भोगीहरुमा ।।

    यहाँ धर्म भन्ने नाम हराइ सक्यो
    अपराध गरेर भय पनि सम्पति कमाए भयो ।।
    लोभि, पापी र निष्ठुरी पनि कति बढेको
    अब त प्रकृतिले पनि सराप्ने गरेको ।।

    गरिब दुःखीको गर्दैनन् कसैले भलो
    पिडितको नाममा ठूलाले मोज गर्‍यो ।।
    देशमा यस्तो बिषम् परिस्थिति आएको
    लोभि पापी नेताहरु कुर्सीमा रुमल्लिएको ।।

    कलि पनि अबत ब्याप्त भैछिन्
    प्रकृतिले पनि हरेक तरीकाले दुःख दिन्छिन् ।।
    कैले भूकम्प त कैले कोरोना
    भिमेश्वर मन्दिरमा पनि पसिना आउन छोडेन ।।

    शुभ दिन सबैको जय होस धन्यवाद ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १४%१०%२%

    प्रतिक्रिया लेख्नुहोस