पूर्व प्रम खनाललाई दिल्लीकाे एपाेलाे अस्पताल लग्ने तयारी


  • २ असार २०७८, बुधबार ११:५९ प्रकाशित
  • २०९ पटक पढिएको

  • काठमाडौं, असार २ गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि थप उपचारका लागि आज बुधबार भारतको राजधानी नयाँ दिल्ली लग्ने तयारी गरिएको छ । नेकपा ९एमाले० युवा नेता निरज आचार्यकाअनुसार थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लग्ने तयारी भएको हो ।

    हेमोग्लोविनको कमी, श्वास प्रश्वासमा समस्या भएपछि जेठ ३१ गते सोमबार उहाँलाई थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार हुन नसकेपछि उपचारमा संलग्न चिकित्सकको सुझावअनुसार थप उपचारका लागि भारतको दिल्ली लग्ने तयारी भएको नेता अचार्यले बताउनुभयो । उहाँलाई आज १२ बजेतिर जहाजमार्फत दिल्ली लगिने उहाँले जानकारी दिनुभयो ।

    नेता आचार्यकाअनुसार खनालसँग एकजना चिकित्सक, श्रीमती र छोरा दिल्ली जाने तयारी भएकोछ । श्वास प्रश्वासमा समस्या भएपछि अक्सिनको सहयोगमा उपचार भइरहेको छ । यसअघि पनि नेता खनाल उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल जानुभएको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस