सिन्धुपाल्चोकका बाढीपहिरोबाट प्रभावित जनतालाई ‘द बर्गर हाउस’ परिवारद्वारा राहत वितरण


  • ३ असार २०७८, बिहीबार २०:३१ प्रकाशित
  • ४६३ पटक पढिएको

  • गत मंगलबारको रात सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका हजारौं जनताहरुका लागि कालो र कहिले विर्सने नसक्ने रात बनेको छ।विश्वभरी फैलिएको कोरोना महामारी विच पनि आफ्ना परिवार र घरमा आराम गरिरहेका हजारौं जनताहरु अहिले सडकमा बस्न बाध्य भएका छन् ।वर्षायाम शुरु भए सङ्गै हरेक वर्ष सिन्धुपाल्चोक पीडामा हुने गर्दछ।यस्तै भयो वर्ष पनि इन्द्रावती नदिमा आएको बाढिका कारण हेलम्बु र मेलम्चीका हजारौं जनताहरु अहिले घरवारविहीन हुनुका साथै खाद्यान्नको पनि अभाव भइरहेको छ।     

    यो पिडाको बेला केही हदसम्म भएपनी राहत होस भन्ने हेतुले ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’का संस्थापक वसन्त लामाको नेतृत्वमा करिव एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरिएको अभियान्ता सज्जन लामाले बताए।काठमाडौबाट लगिएको सम्पुर्ण खाद्य तथा स्वास्थ्य सामाग्री आधा आधा गरि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरु मार्फत वितरण गरिएको सामाजिक अभियान्ता सज्जन लामाले जानकारी दिए।यो कहालीलाग्दो प्राकृतिक विपद परेको सुन्ने बित्तिकै द बर्गर हाउसका संस्थापक बसन्त लामाले आफ्नो फेसबुक मार्फत आफ्ना शुभचिन्तक तथा साथिहरुलाई सहयोगका लागि अपिल गर्दै यो अभियानलाई अगाडि बढाएका थिए।   

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%१%१%१%

    प्रतिक्रिया लेख्नुहोस