कस्त‍ो हुन्छ भनेर… (बाल कविता)


  • ५ असार २०७८, शनिबार ०८:३९ प्रकाशित
  • ४१७ पटक पढिएको

  • कस्त‍ो हुन्छ भनेर… (बाल कविता)

    कस्तो हुन्छ भनेर
    बाको टोपी लगाएँ
    आँखा जम्मै छोपियो
    अँध्यारो भो, डराएँ

    कस्तो हुन्छ भनेर
    बाको चस्मा लगाएँ
    फननन्न रिँगायो
    आत्तिएँ र कराएँ

    कस्तो हुन्छ भनेर
    बाको दौरा लगाएँ
    जिउ पूरै ढाकियो
    मान्छे आफै हराएँ ।

    भोर्लेटार, लमजुङ
    (तस्बिर सज्जा : Suraj Rajthala)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%

    प्रतिक्रिया लेख्नुहोस