झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार


  • ६ असार २०७८, आईतवार १८:४८ प्रकाशित
  • १२६ पटक पढिएको

  • पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

    भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

    खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सपोर्ट राखिएकोमा हटाइएको छ ।

    खनाललाई थप उपचारका लागि असार २ गते नयाँदिल्ली लगिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस