यो हो बाँसको तामा


  • १३ असार २०७८, आईतवार १२:४९ प्रकाशित
  • ५५९ पटक पढिएको

  • यो हो बाँसको तामा ! (बालकविता)
    ——– रमेशचन्द्र घिमिरे
    माथि शिरदेखि
    तल पाउसम्म
    छोपी जिउ टम्म
    बस्छ गजधम्म
    लगाएर जामा
    यो हो बाँसको तामा !

    पैल्यै उमालेर
    तीतो स्वाद मारी
    ट्वाक्क पारी पारी
    खाऔं तरकारी
    भन्नुहुन्छ आमा
    यो हो बाँसको तामा !

    कुनै अल्लि छोटा
    कुनै चाहिँ लामा
    हेर्न जाऔं मामा
    तल पखेरामा
    गाडिएझैं खामा
    यो हो बाँसको तामा !

    …… भोर्लेटार, लमजुङ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस