कविता : आउँछु नि आमा


  • २० असार २०७८, आईतवार १०:१७ प्रकाशित
  • ४७८ पटक पढिएको

  • पदम चन्द्र रसाईली

    उमाकुण्ड -५ , रामेछाप

     

    बाँचिएछ भने एक दिन आउँछि नि आमा ।
    तिम्रा आँसुले चुहिएको छानो छाउँछुनी आमा ।।

    थाहात छैन पक्कै म आउँछु कि आउँदिन ।
    तिम्रा हातले पस्किएको खान पाउँछु कि पाउँदिन ।।

    छोरो कहिले टुप्लुक्क आई पुग्छ भन्छ्यौ होला ।
    कुटुक्क बाडुली लाग्दा खेरी सम्झेर रुन्छ्यौ होला ।।

    कोरोनाले मलाई साँचेछ भने आउँछु नि आमा ।
    तिम्रा अमूल्य आशिर्वादका पगरी लाउँछु नि आमा ।।

    नरोई बस, चित्त किन दुख्याउँछ्यौ र आमा ।
    पिरले जीउको मासु किन सुकाउँछ्यौ र आमा ।।

    बाँचिएछ भने एक दिन आउँछि नि आमा ।
    तिम्रा आँसुले चुहिएको छाना छाउँछुनी आमा ।।

    धन्यवाद ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%५%१%४%

    प्रतिक्रिया लेख्नुहोस