मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाकाे मृत्यु


  • ८ श्रावण २०७८, शुक्रबार ००:०६ प्रकाशित
  • १०३ पटक पढिएको

  • चितवन, साउन ७ गते । चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।
    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको दुधौरा क्षेत्रमा गस्तीको क्रममा एउटा मृत भाले गैँडा भेटिएको हो ।
    उहाँका अनुसार दुई गैँडा एक आपसमा जुधेर घाइते भई उक्त गैँडा मरेको अनुमान गरिएको छ । मृत गैँडा २५ देखि ३० वर्षको भएको बुझिएको छ ।
    चालू आर्थिक वर्ष २०७८/०७९ मा गैँडा मरेको यो तेस्रो हो । यसअघि केही दिन अघि मात्र निञ्ज क्षेत्रमा एक वयस्क र बच्चा गैँडा मृत फेला परेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस