मन्त्रीमण्डलको भागबण्डा मिल्यो, माधव पक्ष सरकार बाहिर


  • १४ श्रावण २०७८, बिहीबार १४:२९ प्रकाशित
  • ९५ पटक पढिएको

  • प्रधानमन्त्री भएको १६ दिन पछि प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री नियुक्ति भए सङ्गै देउवाले काङ्ग्रेस र माओवादीबाट २/२ जना मन्त्री बनाएका थिए।देउवाले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।
    आज बसेको सत्तारूढ दलका नेताहरुको छलफलबाट काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।

    विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले  काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउने गरि सहमति भएको एक नेताले जानकारी दिए।उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस