कुलपति कर्माचार्यद्वारा दुई बाल कृति विमोचित


  • १५ श्रावण २०७८, शुक्रबार १७:२५ प्रकाशित
  • १२४ पटक पढिएको

  •  

    काठमाडौं ,२०७८ साउन १४, वरिष्ठ साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता सङ्ग्रह ’रसैरस रसिली’ र अर्का वरिष्ठ साहित्य सर्जक विजयराज आचार्यको बाल कथा सङ्ग्रह ’स्वयम्भूका आँखाहरु’ भर्खरै जुममार्फत विमोचन भएको छ। दुबै कृति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री केके कर्माचार्यले विमोचन गर्नुभएको हो ।

    ’रसैरस रसिली’माथि बालसाहित्यकार, समालोचक एवम् लमजुङस्थित ईशानेश्वर क्याम्पसका प्रमुख रमेशचन्द्र घिमिरेले समीक्षा गर्नुभएको थियो भने ’स्वयम्भूका आँखाहरू’ माथि बालसाहित्य साधक, सम्पादक एवम् प्रसिद्ध बालकथाकार शाश्वत पराजुलीले समीक्षा गर्नुभएको थियो।
    बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको यस कार्यक्रममा केन्द्रका सल्लाहकार प्रा. रामकुमार पाँडे सभापति हुनुहुन्थ्यो।

    दर्जिलिङ, मुम्बई, सिक्किम, नर्वे र नेपालका ७२ जना साहित्यअनुरागी सहभागी रहेको विमोचन कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शान्ति सापकोटाले स्वागत गर्नुभएको थियो भने सचिव मञ्जु पौडेल ज्ञवालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव अनन्त वाग्लेले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस